आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाडौं
साप्ताहिक गतिविधि
प्रकाशन
मितिः २०८२।१२।०१, आइतवार
अवधिः वि.सं
२०८२।११।२४ देखि वि.सं.२०८२।११।३० गते सम्म
साप्ताहिक
अंक: ११/२०२६
१. आपूर्तिकर्ता छनौट ।
आम्दा
नेपालले वि.सं. २०८२।११।११ गते प्रकाशन गरेको सुचना नं. ११४२९ र ११४३० अनुरूप
प्राप्त प्रस्ताव मूल्याङ्कन गर्दा सारभुतरूपमा योग्य आपूर्तिकर्ता छनौट गरी
वि.सं. २०८२।११।२५ गते सुचना नं. ११४५१ प्रकाशन गरिएको छ ।
२. दरभाउ प्रस्ताव आव्ह्रानको सूचना ।
आम्दा
नेपालको प्रयोजनको लागी केही मोवाइल फोन सेट खरिदको लागी वि.सं. २०८२।११।२६ गते
योग्य आपूर्तिकर्ताबाट दरभाउ प्रस्ताव आव्ह्रानको सुचना नं. ११४५२ प्रकाशन गरिएको
छ ।
३. प्रशासकिय पुनरावलोकन लागी निवेदन पेश ।
आ.व.
२०७७/७८ को कर परिक्षण सम्पन्न भइ आन्तरिक राजस्व कार्यालयले निर्धारण गरेको करको
विषयमा प्रशासकिय पुनरावलोकनको लागी आन्तरिक राजस्व विभागमा वि.सं. २०८२।११।२७ गते
निवेदन पेश गरिएको छ ।
४. मेडिकल सुपरिन्टेन्डेन्टको जिम्मेवारी ।
वि.सं.
२०८०।१२।०१ गते देखी सि.बा.म. अस्पतालको मेडिकल सुपरिन्टेन्डेटको जिम्मेवारी समेत
वहन गर्दै आउनु भएका डा. विनोद कुमार पराजुलीको हालको कार्यकाल समाप्त हुन
लागेकोमा वि.सं. २०८२।११।१६ गते सम्पन्न कार्यसमितिको निर्णयानुसार वि.सं.
२०८२।११।२८ गते हालको कार्यकाल समाप्त हुने मिति देखी थप दूइ वर्ष तोकिएको छ ।
५. राजीनामा स्विकृत ।
आम्दा
नेपालको वित्त नियन्त्रकको रूपमा कार्यरत श्री किरण कुमार थापले दिनुभएको राजीनामा
वि.सं. २०८२।११।२९ गते स्विकृत गरिएको छ ।
६.
नियमित साप्ताहिक बैठक ।
वि.सं.
२०८२।१२।०१ गते, सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
बार्षिक कार्यसुची
अनुरूप यस हप्ता गर्नु पर्ने कामको जानकारी तथा निर्णयको सारांश ।
|
क्र. सं. |
कामको विवरण
तथा निर्णयको सारांश |
|
१ |
श्रम परिक्षण
-
अघिल्लो अवधिमा सम्पन्न श्रम
परिक्षणमा उठेका सवालहरूको कार्यान्वयन अवस्था रूजु गर्ने -
श्रम परिक्षक नियुक्ति र काम
थालनीको व्यवस्था मिलाउने -
श्रम परिक्षणमा उठेका सवालहरूको
कार्यान्वयन स्थितिको मुल्याङ्कन तथा अनुगमनका लागी चेकलिष्ट तयार गर्ने -
असल श्रम अभ्यासका लागी आवश्यक नीति
अध्ययन गरी सिफारिश तयार गर्ने -
श्रम परिक्षण सम्पन्न श्रम परिक्षण
प्रतिवेदन संवन्धित निकायमा पेश गर्ने |
|
२ |
सरकारी कर
-
प्रचलित कानून वमोजिम अग्रिम कर
कट्टी र दाखिलाको विवरण अध्यावधिक गर्ने -
करयोग्य कारोवार भएकोमा पुन परिक्षण
गरी कर गणना,
कट्टी र दाखिला दुरूस्त भएको सुनिचिश्त गर्ने -
कर गणना, कर कट्टी र दाखिला नियमानुसार नभएको/नगरेको पाइएमा संवन्धित कर्मचारीलाइ
सचेत गराउने |
|
३ |
भण्डारण सुरक्षा र संरक्षण
-
कागजात संरक्षण तथा सुरक्षित
भण्डारण कार्यविधि अध्यावधिक गर्ने -
सिन, पिन र जिनको विवरण संकलन गरी
अध्यावधिक गर्ने -
भण्डारण सुरक्षा तालिम सञ्चालन
गर्ने -
संरक्षित कागजातको विवरण अध्यावधिक
गर्ने -
संरक्षित कागजातको एक प्रती
संवन्धित कार्यालयलार्इ उपलब्ध गराउने एक प्रति आफुसँग राख्ने -
काम नलाग्ने पुराना कागजपत्र नष्ट
गर्न समिति गठन गर्ने |
|
४ |
प्रतिवेदन
-
अगिल्लो अवधिमा सम्पन्न कामको
संक्षिप्त विवरण संकलन, सम्पादन र संग्रह गर्ने । -
प्रत्येक इकाइगत प्रगति प्रतिवेदनको
ढाँचा अध्यावधिक गर्ने । -
इकाइगत स्वमूल्याङ्कन प्रतिवेदनमा
उल्लेखित सुधार रूजु गर्ने । -
कार्यालयस्तरको मासिक प्रतिवेदन
तयार गरी वेभसाइडमा अपलोड गर्ने । -
कार्यालयस्तरको त्रैमासिक प्रगति
प्रतिवेदन सार्वजनिक रूपमा वेभसाइडमा प्रकाशन गर्ने । |
धन्यवाद
।
