MCH Project, Dang

Published Date: Sep 04, 2019
Expiry Date: Sep 09, 2019

१.    कोइलाबास स्वास्थ्य चौकी मा महिला स्वास्थ्य स्वयंसेविका हरुका लागि दुई दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

गढवा गाउपलिका दाङ्ग संगको समन्वय मा आम्दा नेपाल मातृशिशुस्वास्थ्य परियोजना गढवा दाङ्ग द्वारा महिला स्वास्थ्य स्वयंसेविका हरुका लागि दुई दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न गरिएको छ । गढवा गाउपालिका का ४ वटा स्वास्थ्य चौकी मध्ये ३ वटा स्थान मा तालिम सम्पन्न भैसकेको र गत हप्ता २०७६ भाद्र ९ र १० गते कोइलाबास स्वास्थ्य चौकी अन्तर्गत का महिला स्वास्थ्य स्वयंसेबिकसेविकहरुलाई उक्त तालिम सम्पन्न गरिएको छ । तालिम मा कोइलाबास स्वास्थ्य चौकी अन्तर्गत का १० जना स्वयंसेबिकसेवकाहरु मध्ये  जम्मा ९ जना महिला स्वास्थ्य स्वयंसेविकाहरु  को सहभागिता रहेको थियो ।

सुरक्षित् मातृत्व, नवजात शिशु तथा बाल स्वास्थ्य, सरसफाई, समुदाय परिचालन, प्रभावकारी संचार जस्ता बिषय मा संचालन गरिएको तालिम मा श्रोत व्यक्तिको रुपमा गाउपलिका का स्वास्थ्य शाखा का सह संयोजक श्री कैलाश चौधरी र स्वास्थ्य चौकी प्रमुख श्री रबिन कुमार यादव रहनु भएको थियो भने आम्दा MCHP का Program Manager राजेन्द्र रुचाल र Program Officer रोहित मुल्मी श्रेष्ठ ले तालिम लाइ सहजी कारण गर्नु भएको थियो ।

तालिमको अन्तिम दिन कार्यक्रम को समापन गर्दै गाउपालिका वडा नम्बर ८ का वडा अध्यक्ष सद्दाम सिध्दिकि जी ले यस महिला स्वास्थ्य स्वयंसेविका का लागि दुई दिने क्षमता अभिवृद्धि तालिम संचालन गरि दिएकोमा AMDA MINDS AMDA Nepal लाई हृदय देखि धन्यवाद दिनु भयो। साथै महिला स्वास्थ्य स्वयंसेविका को सहयोग विना स्वास्थ्य क्षेत्र सफल नहुने भन्दै यस तालिम पश्चात आ-आफ्नो समुदाय मा अझै प्रभावकारी रुपमा काम गर्दै गर्न अनुरोध गर्नु भयो। स्वास्थ्य संस्था ब्यवस्थापन समिति लाई पनि यस्तै गरि स्वास्थ्य ब्यबस्थापन सम्बन्धी तालिम  दिन पाए अझ राम्रो हुने थियो भन्दै कार्यक्रम समापन गर्नु भएको भयो।

२. स्तनपान सम्बन्धि प्रदर्शनी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
“आमाबुवाको सक्षमता स्तनपानको सफलता” भन्ने मूल नारा का साथ् आम्दा नेपाल मातृ शिशु स्वास्थ्य परियोजना (MCHP) दांग, गढवा द्वारा स्तनपान सम्बन्धि प्रदशनी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ! गाउपलिका का चारै वटा स्वास्थ्य चौकी संग को समन्वय मा विश्व स्तनपान सप्ताहको (अगष्ट १-७) को अवसर पारि गढवा स्वास्थ्य चौकी बाट सुरु गरिएको कार्यक्रम, गत हप्ता अगष्ट २८ मा कोइलाबास स्वास्थ्य चौकी र  अगष्ट २९ मा गंगापरस्पुर स्वास्थ्य चौकी र गोबरडिहा स्वास्थ्य चौकी मा सम्पन्न गरिएको हो !  कार्यक्रममा स्तनपान गराई रहेका आमाहरुलाई स्तनपानको महत्त्व, स्तनपान गराउने सही आसन र सम्पर्क प्रक्रिया सम्बन्धि प्रदर्शनी तथा अन्तरक्रिया  कार्यक्रम गरि उनिहरुलाई प्रभावकारी रुपमा  स्तनपान गराउन प्रोत्साहान गरिएको थियो !
सहभागीहरूलाई आम्दा नेपाल का रोहित श्रेष्ठ (Program officer) र सामुदायिक स्वास्थ्य परिचालकहरू (CHM) द्वारा कार्यक्रम लाइ सहजीकरण गरिएको थियो भने, राजेन्द्र रुचाल (Program Manager MCHP) ले कार्यक्रमको सुपरिवेक्षण गर्नु भएको थियो ! त्यसैगरी कार्यक्रम को शुरुमा गढवा स्वास्थ्य चौकी मा गाउपलिका का स्वास्थ्य संयोजक र वडा अध्यक्ष ले कार्यक्रम को अनुगमन गर्नु भएको थियो !
स्तनपान सम्बन्धि चेतनामुलक पोस्टरहरूको प्रयोग गरि महत्वपुर्ण  सन्देशहरू प्रदान गरिएको थियो भने स्तनपान आसन तथा सम्पर्क को बारेमा कृत्रिम स्तन र बच्चाको मोडल प्रयोग गरि प्रदर्शन गरिएको थियो ! कार्यक्रम मा गोबरडिहा स्वास्थ्य चौकी मा ७१ जना, कोइलाबास स्वास्थ्य चौकी मा १६ जना, गंगापरस्पुर स्वास्थ्य चौकी मा ७५ जना र गोबरडिहा स्वास्थ्य चौकी मा ८२ जना स्तनपान गराइरहेका आमा हरुको उपथिती रहेको थियो ! कार्यक्रम मा सहभागीहरू निकै नै उत्सुक तथा सकारात्मक देखिनुका साथै यस सत्र ले स्तनपानको बारेमा उनीहरूको ज्ञान बढेको तथा अझै ताजा भएको  बढाएको बताएका थिए ।
 

AMDA Nepal

Contact Details

AMDA Nepal
Gokarneshwar Municipality - 6, Jorpati
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140
E-mail: info@amda.org.np
Office Code: 101

AMDA Hospital
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 580186, 581266
E-mail: ah.damak@amda.org.np
Office Code: 102

Siddharth Children & Women Hospital
Butwal Sub-Metrpolitan -7, Rupendehi
Phone: +977 (71) 502101, 502097
E-mail: scwh.butwal@amda.org.np
Office Code: 103

AMDA Institute of Health Science, Damak
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 582186, 580355
E-mail: aihs.damak@amda.org.np
Office Code: 104

AMDA Mechi Hospital
Mechinagar Municipality-10, Dhulabari, Jhapa
Phone:+977 (23) 564550

E-mail: amh.dhulabari@amda.org.np
Office Code: 105

Gokarneshwar Municipality - 6, Jorpati, Kathmandu
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140

E-mail: 
amda@amda.org.np
Office Code: 106
AMDA Institute of Health Science, Butwal
Butwal Sub-metropolitan city 7, Deepnagar, Butwal
Phone: +977 (71) 502101, 502097
E-mail: aihs.butwal@amda.org.np
Office Code: 107

google map
Scan Google map