Published Date: Nov 21, 2019
मिति: २०७६/०८/०५ Expiry Date: Nov 27, 2019
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु:
१. Workshop मा सहभागीता:
धुलीखेल अस्पतालको आयोजनामा १ मंसिर २०७६ देखि सञ्चालन भएको २ दिने Advanced Interdisciplinary Emergency Ultrasound Workshop मा आम्दा अस्पताल, दमकका डा. शिखर कट्टेल (कन्सल्टेन्ट, एम.डि.जि.पी.) सहभागी ।
२. शैक्षिक भवन निर्माण समितिको बैठक सम्पन्न:
शैक्षिक भवन निर्माण समितिको बैठक समितिका प्रबन्धक डा. नविन ढकालज्यूको अध्यक्षतामा मिति २०७६।०८।०२ गते दमकमा सम्पन्न । बैठकमा आम्दा नेपाल कार्यकारी समितिका सचिव डा. यज्ञराज पाठक र मुख्य प्रशासक श्री सुदेश रेग्मीज्यू लगायत शान्ति निर्माण समितिका प्रतिनिधिहरू बैठकमा उपस्थित रहनु भएको थियो । बैठकले भवन निर्माण कार्य १ महिना भित्रमा सम्पन्न गरि हस्तान्तरण गर्ने निर्णय गरेको छ ।
३. तालीम सम्पन्न:
स्वास्थ्य तालीम केन्द्र, प्रदेश नं. १ धनकुटाको सहयोगमा ४ मंसीर २०७६ देखि ३ दिने Primary Trauma Care (PTC) तालीम आम्दा अस्पताल, दमकमा सम्पन्न । उक्त तालीममा श्री ईश्वर बराल (सि.एम.ए.) सहभागी ।
४. SBA तालीम संचालन:
Nick Simons Institute, National Health Training Center , SBA तालीम (४८ ब्याज) ४ मंसीर २०७६ देखि आम्दा अस्पताल, दमकमा सञ्चालन l तालीममा विभिन्न जिल्लाहरू: ताप्लेजुङ, तेह्रथुम, सखुवासभा, झापा, मोरङ, सिन्धुली र खोटाङबाट १२ जना सहभागी ।
धन्यवाद l