मिति: २०७६/०७/०३
आम्दा अस्पताल
दमक, झापा।
अस्पतालका मुख्य गतिविधिहरु:
१. तालीममा सहभागीता:
नेपाल नर्सिङ सघ र दमक नगरपालीकाको सहकार्यमा नर्सिङ जनशक्तिलाई दक्ष एवं सकारात्मक सोचको साथै प्रभावकारी सञ्चारको विकास गराई गुणस्तरीय नर्सिङ सेवा प्रवाह गर्ने उदेश्यले २७ असोज २०७६ देखि ३ दिने Appreciative Enquiry and Professional Communication Skills सम्वन्धि तालीममा आम्दा अस्पतावाट ५ जना नर्सिङ कर्मचारीहरू सहभागी भएका थिए ।
२. Colonoscopy Procedures सेवा सुरूवात;
आम्दा अस्पताल, दमकमा ३ कार्तिक २०७६ देखि Colonoscopy Procedures सेवा सुरूवात गरिएको छ ।
३. विषेशज्ञ सेवा थप:
२३ असोज २०७६ देखि नशा तथा हाडजोर्नि विषेशज्ञ चिकित्सकको दरवन्दी थप भई सेवा सुचारू भएको छ ।
४. CTS तालीममा सहभागीता:
राष्ट्रिय स्वास्थ्य तालीम केन्द्र, टेकुले ४ कार्तिक २०७६ देखि आयोजना गरेको ५ दिने Clinical Training Skill (CTS) मा आम्दा अस्पतला, दमकवाट श्री शारदा वस्नेत (स्टाफनर्स) सहभागी भएका छन ।