Maternal and Child Health Project
Dang
COVID 19-Quarentine मा रहेका महिला हरुका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गढवा गाउँपालिकाको क्वारेनटाइनमा रहेका महिलाहरुको प्रजनन स्वास्थ्य लाई मध्य नजर गर्दै, महिनावारी स्वच्छता दिवस को सन्दर्भ परि आम्दा नेपाल मातृ तथा शिशु स्वास्थ्य परियोजना द्वारा २२० थान सेनिटेरी प्याड, २२० थान साबुन र ११० थान सेनिटाइजर गढवा गाउँपालिकालाइ जेष्ठ २१ गते बुधबार हस्तान्तरण गरेको छ । स्थानीय स्वास्थ्य कर्मी तथा वडा अध्यक्षहरुले महिला हरु को प्रजनन स्वास्थ्य लाई मध्य नजर गर्दै स्वास्थ्य सामग्री वितरण गरिदिएकोमा आम्दा नेपाल लाई धन्यवाद व्यक्त गरेका छन् ।

निर्माण अनुगमन समितीको बैठक जेष्ठ २७, २०७७ मंगलबारका दिन आम्दा नेपाल द्वारा गढवा गाउँपालिका वडा न. १ र २ मा निर्माण हुन लागेको सामुदायिक स्वास्थ्य इकाई भवन निर्माण कार्यको शुरुवात गर्नको लागि निर्माण अनुगमन समिती तथा निर्माण कम्पनी (Kunwar/Dreamway-J/V) संग परिचयात्मक बैठक सम्पन्न भयो । बैठक मा समिति र निर्माण कम्पनी का प्रतिनिधि बीच निर्माण अनुगमन समिती को काम, कर्तव्य बारे छलफल तथा निर्माण कम्पनी प्रतिनिधि संग परिचय गरियो । दुवै वडा का निर्माण अनुगमन समितीतथा समुदाय का व्यक्ति हरु आफ्नो समुदायमा सामुदायिक स्वास्थ्य इकाई निर्माण हुन लागेको मा आम्दा नेपाल प्रति कृतज्ञ तथा खुशी व्यक्त गरेका छन् ।
