खोप कार्यक्रममा आम्दा नेपालको प्राबिधिक सहयोग

आम्दा नेपालका सामुदायिक परिचालकद्वारा गढवा गाउँपालिकाको स्वास्थ्य चौकीहरु अन्तर्गतका विभिन्न स्थानमा संचालनभएको खोप क्लिनिमा प्राबिधिक सहयोग गरेकाछन् । बिश्वब्यापीरुपमा फैलिएको कोभिड १९ लाइ मध्यनजर गर्दै व्यक्तिगत सुरक्षा तथा सामाजिक दुरी कायम गरि खोप लगाउने काम भएको छ । खोपका साथ साथै आम्दा नेपालका सामुदायिक परिचालकद्वारा सेवाग्राही हरुलाई कोभिड १९ को रोकथाम तथा नियन्त्रणको बारेमा परामर्स गरेका थिए ।सामुदायिक स्वास्थ्य इकाई भवन निर्माण कार्यको सुरुवात

आम्दा नेपाल तथा आम्दा माइन्ड्स जापानको समन्वयमा गढवा गाउँपालिकामा सामुदायिक स्वास्थ्य इकाई भवन निर्माण कार्य शुरु भएको छ । दांग जिल्लाको गढवा गाउँपालिका वडा न. १ को कालाकाटेमा निर्माण हुनलागेको उक्त भवन गत असार ४ गते गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादबद्वारा सिलान्यास भएको थियो । गाउँ पालिका र परियोजनाको समन्वयमा स्थानीय स्तरमा वडा अध्यक्ष बाबुराम अधिकारि को अध्यक्षतामा निर्माण अनुगमन समिति गठन गरिएको छ र उक्त समितिले निर्माण अवधिभर निर्माण सम्बन्धि कामकोलागि आबस्यक अनुगमन, समन्वय तथा सहयोग गर्नेछन । साथै आम्दा माइन्ड्सका Construction Supervisor नबिन अधिकारि र MCH Project का प्रबन्धक राजेन्द्र रुचाल द्वारा उक्त निर्माण कार्यको निरन्तर अनुगमन तथा सुपरिबेक्षण भैरहेको छ ।