Community Service Program
Published Date: 2024-04-08
Expiry Date: 2024-04-12

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं 
साप्ताहिक गतिविधि
 

प्रकाशन मितिः २०८०।१२।२६ गते, मंगलबार
अवधिः वि.सं. २०८०।१२।१८ देखि वि.सं. २०८०।१२।२४ गते सम्म (ई.सं. २०२४, १४ औं हप्ता) ।
साप्ताहिक अंक: १४/२०२४


१. क्यान्सर परिक्षण शिविर सञ्चालन ।
गोकर्णेश्वर नगरपालिकासँगको सहकार्यमा आम्दा नेपालले सञ्चालन गर्दै आएको स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण निम्न तालिका वमोजिम हुने गरी कार्यक्रम तय गर्न नगरपालिकामा प्रस्ताव पेश गरिएको छ ।
वि.सं. २०८०।१२।२१ गते, विपुल स्कुल, गोकर्णेश्वर ।
वि.सं. २०८०।१२।२४ गते, सर्वेश्वर शहरी स्वास्थ्य केन्द्र, जोरपाटी

२. बोलपत्रदाता छनौट ।
आम्दा नेपालले वि.सं. २०८०।११।१० गते प्रकाशन गरेको सुचना वमोजिम सभाहल निर्माणको वाँकी काम पुरा गर्न जम्मा रू. ३०,३१,५६३।५५ लागत प्रस्ताव गर्ने बोलपत्रदाताको प्रस्ताव छनौट गरी वि.सं . २०८०।१२।२२ गते सुचना नं. ९८६० प्रकाशन गरिएको छ ।

३. वित्तिय विवरण पेश ।
आम्दा नेपालले सञ्चालन गर्दै आएको इपिक परियोजनाको मार्च महिनाको वित्तिय प्रतिवेदन FHI360 समक्ष अप्रिल ५ तारेखमा पेश गरिएको छ ।

४. क्यान्सर परियोजनाको अनुगमन मूल्याङ्कन ।
आम्दा नेपालले सञ्चालन गर्दै आएको क्यान्सर परियोजनाको अनुगमन मूल्याङ्कनका लागी समाज कल्याण परिषद्मा वि.सं. २०८०।१२।१९ गते प्रारम्भिक बैठक सम्पन्न भएको छ।

५. नियमित साप्ताहिक बैठक ।
वि. सं. २०८०।१२।२६ गते सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।

क. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू ।
क्र.सं. कामको विवरण जिम्मेवारी र समयतालिका
१ अनुगमन मूल्याङ्कनः
-अनुगमन मूल्याङ्कन नीति तथा कार्यविधि अध्यावधिक गर्ने, इकाइगत काम तथा जिम्मेवारीको कार्यसम्पादन सुचक तयार गर्ने - र्इकाइ प्रमुख, परियोजनागत काम तथा जिम्मेवारीको कार्यसम्पादन सुचक तयार गर्ने, समन्वय अधिकारी (Desk Officer), वार्षिक कार्ययोजना तयारी र रूजू गर्ने,  अनुगमन मूल्याङ्कन योजना प्रणालीमा प्रविष्ठ गर्ने ।
प्रशासन
२०८१०११५
२ विमाः
विमा नीति संशोधनका लागी आवश्यक छलफल गर्ने, विमा कार्यविधि अध्यावधिक गर्ने, विमालेखको विवरण तयार गरी अध्यावधिक गर्ने, पछिल्लो अवधिमा भएको बिमा दाबी र फस्र्यौट अवस्था रूजु गर्ने र विवरण तयार गर्ने
प्रशासन
२०८१०७२०

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.



//