Community Service Program
Published Date: 2023-12-31
Expiry Date: 2024-01-06

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं 
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८०।०९।२३ गते, सोमवार
अवधिः वि.सं. २०८०।०९।१५ देखि २०८०।०९।२१ गते सम्म (ई.सं. २०२४, ०१औं हप्ता) ।
साप्ताहिक अंक: ०१/२०२४
 

१. सामाजिक सुरक्षा कोषको स्वास्थ्य कार्यक्रम ।
आम्दा नेपालव्दारा सञ्चालित तिन वटै अस्पतालहरु आम्दा मेची अस्पताल, धुलावारी, आम्दा अस्पताल, दमक र आम्दा सिद्दार्थ वाल तथा महिला अस्पताल, बुटवलमा सामाजिक सुरक्षा कोषमा आवद्द योगदानकर्ताहरुको स्वास्थ्य परिक्षण शुभारम्भ गरिएको छ ।

२. कार्यविधि तयार ।
आम्दा नेपालको प्रयोजनका लागी कार्यविधिहरूमध्ये निम्न कार्यविधिहरूको समयानूकुल संशोधनका लागी तयार भई स्विकृतिको चरणमा रहेको छ । ३. पदपुर्तिको सूचना प्रकाशित ।
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमक तथा आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, बुटवलको प्रयोजनका लागी आवश्यक अधिकृत (प्रशिक्षक) र प्रशासन/लेखा सहायक पदमा पदपुर्ति गर्ने वि.सं. २०८०।०९।२० गते सार्वजनिक सूचना प्रकाशित गरिएको छ ।

३. संस्थाको पुर्व मुल्याङ्कन  ।
आम्दा नेपालको दातृ संस्था UNHCR ले आम्दा नेपालको ICA (Internal Controls Assessment) का लागि गरेका प्रश्नावलीहरुको स-प्रमाण उत्तर दिने कार्य सम्पन्न भएको छ ।
 

४. नियमित साप्ताहिक बैठक
    बि. सं. २०८०।०९।२३ गते सम्पन्न नियमित साप्ताहिक बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
क. अघिल्लो बैठकको समिक्षा ।
आम्दा नेपाल केन्द्रिय कार्यालयको गतहप्ताको कार्यहरुको प्रगति विवरणको यस बैठकमा समिक्षा गरियो ।
क्र.सं. कामको विवरण समयतालिका र जिम्मेवारी प्रगति विवरण
१ आन्तरिक तालिमः
आम्दा नेपाल मातहत कार्यरत कर्मचारीहरूलाइ संस्थाको तालिका कार्यविधिका आधारमा आधारभुत एवं पुर्नताजगी तालिमहरूको क्रमश सञ्चालन गर्ने व्यवस्था गर्ने । प्रथम चरणमा मध्यस्तरका कर्मचारी एवं सहयोगी कर्मचारीहरूका लागी आधारभुत तालिम सञ्चालन गर्ने ।
  • मध्यस्तरका कर्मचारीहरूका लागी श्री उमेश प्रसाद आचार्य र रश्मी पुतुवार
  • सहयोगी कर्मचारीहरूका लागी अच्युत सापकोटा
 
२ डिजिटल बैकिङ् सेवाः
आम्दा नेपालको आर्थिक कारोवारलाइ डिजिटल माध्यमवाट गर्ने व्यवस्था कायम गर्न आवश्यक नीति एवं व्यवस्थापन तयारी गर्ने । प्रस्तावित योजना, आम्दा नेपालको आगामी व्यवस्थापन कार्यशालामा छलफल गर्ने गरी सरोकारवालाहरूलाइ पूर्व जानकारी गराउने ।
  • नीतिः उमेश प्रसाद आचार्य
  • व्यवस्थापनः रश्मी
पुतुवार, रामबाबु देव
 
कार्य समितिको निर्णयानुसार गर्ने ।
३ श्रम परिक्षणः
प्रचलित कानून एवं आम्दा नेपालको श्रम परिक्षण कार्यविधि तथा अभ्यासका आधारमा श्रम परिक्षण सम्पन्न गर्ने
अच्युत सापकोटा

२०८००९१५

४ सामाजिक परिक्षणः
प्रचलित कानून एवं आम्दा नेपालको सामाजिक परिक्षण कार्यविधि तथा अभ्यासका आधारमा सामाजिक परिक्षण सम्पन्न गर्ने ।
अच्युत सापकोटा

२०८००७१५

५ आम्दा नेपालका फारमहरुको ढाँचालाई अन्तिम रुप दिई आम्दा नेपालको वेवसाईटमा राख्ने र समान प्रकृतिको काम सम्पुर्ण कार्यालयहरुले सोहि ढाँचा अनिवार्य रुपमा प्रयोग गर्न पत्राचार गर्ने । सुदेश रेग्मी

 

६ अस्पतालहरुको अघिल्लो पटक नविकरण हुदाँको समयमा तोकिएका शर्तहरुको प्रगति विवरण माग गर्ने । उमेश आचार्य

२०८००९१३

७ योजना, कार्यक्रम अनुरुपको वार्षिक क्यालेन्डर तयार गर्ने । उमेश आचार्य

 

८ अनुगमान निरक्षणः आम्दा नेपाल अन्तर्गत सञ्चालित कार्यक्रमहरुको नियमित व्यबस्थापनको अनुगमन गर्ने । सुदेश रेग्मी

 

९ विमा अध्यावधिकः आम्दा नेपालमा कार्यरत कर्मचारी तथा संस्थाको सम्पत्तिको आवश्यकता अनुसार विमा अध्यावधिक गर्ने । पुण्यलाल महत्तो

 

१० नागरिक वडा पत्रः सञ्चालित कार्यक्रमहरुले प्रकाशन गरेका नागरिक वडा पत्रहरुलाई आम्दा नेपालको वेवसाईटमा प्रकाशन गर्ने व्यबस्था मिलाउने । उमेश आचार्य

सम्बन्धित कार्यालयहरुलाई अनुरोध गरिएको ।

११ संझौता र समझदारीहरु अध्यावधिकः आम्दा नेपालले विभिन्न दातृ संस्था, स्थानिय वा आपुर्तिकर्ताहरु सँग गरेका समझदारी तथा संझौताहरु अध्यावधिक गर्ने । अच्युत सापकोटा

 

१२ ढाँचा लागु गर्नेः आम्दा नेपालका नीतिनियम, कार्यविधिमा रहेका विभिन्न ढाँचाहरु अध्यावधिक भए बमोजिम प्रयोगमा ल्याउने र सोहि बमोजिमको जिम्मेवारी सम्बन्धित युनिटलाई हुने व्यबस्था कायम गर्ने । उमेश आचार्य

 

१३ असुल उपर गर्नेः आम्दा नेपालले अवकाश दिएको पुर्व कर्मचारी श्री तारा थापाको नाममा रहेको दायित्व ३० दिन भित्र फरफारक गर्न प्रत्राचार गर्ने र समयमा फरफारक हुन नसकेमा कानुनी उपचारमा जान कार्य समितिमा शिफारिस गर्ने । अच्युत सापकोटा

 

 
 ख. 
वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू
क्र.सं. कामको विवरण जिम्मेवारी समय तालिका
१ भौतिक परिक्षणः आम्दा नेपाल अन्तर्गत सञ्चालित संपुर्ण कार्यक्रमहरुको वि.सं. २०८० पुस मसान्त सम्मको भौतिक परिक्षण गरी प्रतिवेदन पेश गर्न पत्राचार गर्ने  । उमेश आचार्य

 

२ आन्तरिक परिक्षणः आम्दा नेपाल अन्तर्गत सञ्चालित अस्पताल/परियोजन/शैक्षिक कार्यक्रमहरुको व्यबस्थापन तथा लेखाको अन्तरिक परिक्षण गर्न आवश्यक व्यबस्था मिलाउने । रश्मी पुतुवार

 

 
ग. बैठकको निर्णय ।
क्र.सं. निर्णय सारांश जिम्मेवारी समयतालिका
१ भौतिक परिक्षण गर्नेः आम्दा नेपाल अन्तर्गत सञ्चालित अस्पताल/परियोजन/शैक्षिक कार्यक्रमहरुको वि.सं. २०८० पुस मसान्त सम्मको भौतिक परिक्षण गर्न सम्बन्धित कार्यालयहरुलाई पत्राचार गर्नुको साथै केन्द्रिय कार्यालयको भौतिक परिक्षण गर्न श्री रश्मी पुतुवारको संयोजकत्वमा तिन सदस्यिय समिति गठन गर्ने ।
  • श्री रश्मी पुतुवार
  • श्री पार्वती भट्ट
  • श्री विष्णु अधिकारी
 
रश्मी पुतुवार

 

२ विद्धुत लाईन विस्तार गर्नेः आम्दा नेपालको हाल कायम रहेको ७.५ केभीए विद्धुत लाईनलाई थ्रिफेज लाईन गर्न, स्विच बोर्ड बनाउन, चेन्जओभर राख्न लाग्ने खर्च सभाहल निर्माणमा लाग्ने अनुमानित खर्चको बचतबाट गर्ने । उमेश आचार्य

 

३ आन्तरिक परिक्षणः आम्दा नेपाल अन्तर्गत सञ्चालित अस्पताल/परियोजन/शैक्षिक कार्यक्रमहरुको व्यबस्थापन तथा लेखाको अन्तरिक परिक्षण गर्न आवश्यक व्यबस्था गर्ने । रश्मी पुतुवार

 

४ विज्ञापन गर्न चेकलिष्ट तयार गर्नेः आम्दा नेपालले कर्मचारी पदपुर्ति गर्न विज्ञापन सार्वजनिक गर्नु पुर्व स्विकृतीका लगी विज्ञापन चेकलिष्ट तयार गर्ने । अच्युत सापकोटा

 

५ पद बमोजिमको कार्य विभाजनः आम्दा नेपालका विभिन्न कार्यक्रममा महत्वपुर्ण पदमा कार्यरत कर्मचारी/पदाधिकारीहरुको कार्य विभाजनलाई अझ स्पष्ट गर्ने । रश्मी पुतुवार
उमेश आचार्य

 


धन्यबाद!
 
 
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.



//