आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाडौं
साप्ताहिक गतिविधि
प्रकाशन
मितिः २०८२।११।१७, आइतवार
अवधिः वि.सं
२०८२।११।१० देखि वि.सं.२०८२।११।१६ गते सम्म
साप्ताहिक
अंक: ०९/२०२६
१. खरिद सम्वन्धि सुचना प्रकाशन ।
आम्दा
नेपालको लागी आवश्यक केही थान मोवाइल फोन खरिदको लागी वि.सं. २०८२।११।११ गते सुचना
नं. ११४२९ प्रकाशन भएको छ ।
२. कर्मचारीको जिम्मेवारी फेरवदल ।
केन्द्रिय
कार्यालयमा कार्यरत केही कर्मचारीहरूको जिम्मेवारी फेरवदल गरिएकोमा तदनुरूप कार्य
विवरण अध्यावधिक गरी जानकारी गराइएको छ ।
३. संवेदनशिल सुचना व्यवस्थापन ।
केन्द्रिय
कार्यालयमा रहने संवेदनशिल सुचनाको व्यवस्थापन र सुरक्षित भण्डारण व्यवस्थाका लागी
इकाइ/शाखा स्तरमा कार्यरत कर्मचारीहरूलाइ आ आफ्नो इकाइ/शाखा
स्तरमा समेत एक अलग्गै लगबुक (दर्ता चलानी) तयार गर्न आन्तरिक निर्देशन गरिएको छ ।
४. नियमित साप्ताहिक बैठक ।
वि.सं.
२०८२।११।१७ गते, सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
बार्षिक कार्यसुची
अनुरूप यस हप्ता गर्नु पर्ने कामको जानकारी तथा निर्णयको सारांश ।
|
क्र. सं. |
कामको विवरण
तथा निर्णयको सारांश |
|
१ |
कार्यसम्पादन मूल्याङ्कन
-
कर्मचारी कार्यसम्पादन मूल्याङ्कन
कार्यविधि अध्यावधिक गर्ने । -
पुन का.स.मु. गराउनु पर्ने ठहर भएका
कर्मचारीहरूको नियमानुसार कारवाही गर्ने । -
का.स.मु को तथ्याङ्क र सारांश
अध्यावधिक गराउने । |
|
२ |
खरिद संझौता एवं समझदारी
-
संझौता कार्यान्वयन कार्यविधि
अध्यावधिक गर्ने -
समझदारी र संझौतामा हस्ताक्षर गर्ने
अख्तियारीको विवरण संवन्धित सबैलाइ जानकारी गराउने । -
अघिल्लो अवधिमा सम्पन्न संझौताको
विवरण संकलन गर्ने -
हस्ताक्षर भएका समझदारी र संझौताको
कार्यान्वयन गर्न आवश्यक चेकलिष्ट तयार गरी जिम्मेवारी तोक्ने -
समझदारी र संझौताको म्याद तथा
कार्यान्वयन स्थिति रूजु गर्ने -
संझौता पत्रहरूको नमुना संकलन गर्ने
र तीन महले बनाउन लगार्इ तहाँ समावेश गर्नु पर्ने शर्तनामाहरू अध्यावधिक गर्ने -
बस्तु वा सेवा खरिदका लागी प्रकाशन
गरिने सुचनाको नमुना अध्ययन गरी अध्यावधिक गर्ने -
अघिल्लो अवधिमा प्रकाशित सुचनाहरू
संकलन गर्ने,
अध्ययन गर्ने र अध्यावधिक गर्ने -
समझदारी र संझौताहरूको सुरक्षा
गर्ने जिम्मेवार कर्मचारी तोक्ने -
कार्यान्वयन अवस्था रूजु गरी सो को
मूल्याङ्कन गर्ने कर्मचारी तोक्ने । |
|
३ |
पर्व दिवस र उत्सव
-
संवन्धित कार्यालयको स्थापना दिवस
आयोजनाको प्रारूप तथा कार्ययोजना तयार गर्ने -
आम्दा नेपालले मनाउने दिवसहरूको
सुचि अध्यावधिक गराउने -
कार्यक्रम सञ्चालनको कार्यविधि तयार
पारी अध्यावधिक गराउने -
पाहुना/अतिथिहरूको परिचय एवं विवरण
अध्यावधिक गराउने -
पूर्व आयोजित उत्सव तथा दिवसहरूको
इलेक्ट्रोनिक विवरण सुरक्षित भण्डारणको व्यवस्था गर्ने |
धन्यवाद
।
