आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाडौं
साप्ताहिक गतिविधि
प्रकाशन
मितिः २०८३।०२।१७, आइतवार
अवधिः वि.सं
२०८३।०१।१० देखि वि.सं.२०८३।०२।१६ गते सम्म
साप्ताहिक
अंक: २२/२०२६
१.
आन्तरिक व्यवस्थापन ।
केन्द्रिय
कार्यालय मातहतका कार्यालयहरूको आन्तरिक व्यवस्थापन समितिका पदाधिकारीहरूको
नामावली अध्यावधिक सम्पन्न भएको छ । सम्वन्धित कार्यालयस्तरमा पठाइने पत्रहरूको
जानकारी आन्तरिक व्यवस्थापन समितिका सदस्यहरूको इमेलमा इन्बक्समा जाने व्यवस्था
गर्ने निर्णय गरियो ।
२.
कर्मचारी छनौट ।
आम्दा
नेपाल र गोकर्णेश्वर नगरपालिका विच सम्पन्न संझौता वमोजिम सञ्चालन हुने स्तन तथा
पाठेघर मुखको क्यान्सर परिक्षण शिविर सञ्चालनको लागी वि.सं. २०८३।०२।१५ गते
सम्पन्न लिखित तथा अन्तरवार्ताबाट कार्यक्रम अधिकृत छनौट सम्वन्धि सुचना नं. ११६३८
प्रकाशन भएको छ ।
३.
ढाँचा नमूना अध्यावधिक ।
आम्दा
नेपालको नियमित प्रशासनिक काममा प्रयोग हुदै आएका छपाइ ढाँचा नमूनाहरू अध्यावधिक
गरी वेभसाइडमा अपलोड भएका छन् । अव उप्रान्त छपाइ नमूना ढाँचाहरू आम्दा नेपालको
वेभसाइडबाट डाउनलोड गर्न मिल्ने व्यवस्था मिलाइएको छ ।
४.
नियमित साप्ताहिक बैठक ।
वि.सं.
२०८३।०२।१७ गते सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा
निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामको
जानकारी तथा निर्णयको सारांश ।
|
क्र. सं. |
कामको विवरण
तथा निर्णयको सारांश |
|
१ |
नागरिक वडापत्र र सुचना
-
वडापत्र प्रकाशन कार्यविधि
अध्यावधिक गर्ने । -
हाल प्रकाशित नागरिक वडापत्रको फोटो
संकलन गरी सुरक्षित भण्डारण गर्ने । -
बडापत्र अध्यावधिक गर्ने । -
कार्यक्रमको वारेमा सुचना प्रवाह
गरी संवन्धित निकायमा जानकारी दिने । -
कार्यालयस्तरमा सम्पर्क व्यक्ति
(सुचना अधिकारी) तोक्ने । |
|
२
|
आपूर्ति
-
कार्यालयले प्रयोग गर्ने सरसामानको
सुची र वार्षिक खपत हुने परिमाणको सुचि अध्यावधिक गर्ने -
मौजाद विवरण तयार गर्ने -
गुदगन्ति तथा भौतिक परिक्षण
प्रतिवेदनको आधारमा काम नलाग्ने सरसामान नष्ट गर्ने -
आकस्मिक प्रयोजनका लागी कायम राख्ने
सरसामानको सुची र न्यूनतम संख्या अध्यावधिक गर्ने -
खरिद तथा आपूर्ति योजना तयार गर्ने -
सुचिकृत फर्महरूको नामावली
अध्यावधिक गर्ने -
संझौता वमोजिम काम भए नभएको
मूल्याङ्कन गर्ने -
नियमित मरमत संभारको योजना
अध्यावधिक गर्ने |
|
३ |
सुचना प्रविधि
-
संस्थाको सुचना प्रविधि सम्वन्धि
नीति अनुरूप कार्यालयस्तरको सुचना प्रविधि व्यवस्था अध्यावधिक गर्ने । -
प्रयोगमा रहेका सुचना प्रविधि
उपकरणहरूको सुचि अध्यावधिक गर्ने । -
प्रयोगमा रहेका सुचना प्रविधि
संवन्धि सफ्टवेयरको सुचि अध्यावधिक गर्ने । -
वेभसाइडमा प्रकाशित सामाग्रीहरू
अध्यावधिक गर्ने । -
टेलिफोन, इमेल लगायतको सुचि अध्यावधिक गर्ने । -
तथ्याङ्हरूको सुरक्षित भण्डारण
गर्ने । |
|
|
वि.सं. २०८३०२१५ गते कार्यक्रम अधिकृतको लिखित
परिक्षामा सहभागी आवेदकहरू ।
धन्यवाद
।
