Gokarneshwar Municipality - 6, Jorpati Tel:

Adult Literacy
Published Date: 2083-01-20
Expiry Date: 2083-01-26

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाडौं 
साप्ताहिक गतिविधि

 


प्रकाशन मितिः २०८३।०१।२०, आइतवार

अवधिः वि.सं २०८३।०१।१३ देखि वि.सं.२०८३।०१।१९ गते सम्म

साप्ताहिक अंक: १८/२०२६

१.     कार्यकारिणी समितिको सातौं बैठक सम्पन्न

आम्दा नेपालका अध्यक्ष डा. रोहित कुमार पोखरेलको अध्यक्षतामा वि.सं. २०८३।०१।१६ गते कार्यकारिणी समितिको सातौं बैठक सम्पन्न भएको छ । 

२.     शैक्षिक कार्यक्रम नविकरण

आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकमा सञ्चालित प्रविणता प्रमाणपत्र तहको नर्सिङ्, सामान्य चिकित्सा, ल्याव, रेडियोग्राफी र फिजियोथेरापी कार्यक्रमहरू प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट नविकरण गर्ने काम सम्पन्न भएको छ ।

३.     आय संकलन तथा बैंकिङ् कारोवार

आय संकलन तथा बैंकिङ् कारोवारलाइ व्यवस्थित गर्नका लागी डिजिटल बैंकिङ् शुरूवात गर्न पूर्वाधार तयारीको मापदण्ड निर्धारण भएको छ ।

४.     योजना र कार्यक्रम

आम्दा नेपाल मातहतका सम्पूर्ण कार्यालयहरूलाइ आ.व. २०८३/८४ को योजना र कार्यक्रमको पूर्ण विवरण वि.सं. २०८३।०१।२० गते भित्र पेश गरिसक्न निर्देश गरिएको छ ।

५.     प्रस्तावना तयारी

विभिन्न दातृ संस्थाहरूको सहयोगमा परिचालित कार्यक्रमहरूको प्रचलित नियमानुसार कार्यक्रम सञ्चालन स्विकृत लिन र प्रगति विवरण पेश गर्न सम्वन्धित पदाधिकारीहरूलाइ निर्देश गरिएको छ ।

६.     नियमित साप्ताहिक बैठक ।

वि.सं. २०८३।०१।२० गते सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।

वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामको जानकारी तथा निर्णयको सारांश ।

क्र. सं.

कामको विवरण तथा निर्णयको सारांश

दर्ता नविकरण

-       दर्ता र नविकरण गराउनुपर्ने विषयहरूको वर्गिकरण गर्ने ।

-       दर्ता र नविकरण संवन्धि कामको चरणवद्द योजना र जिम्मेवारी तोक्ने ।

-       समयमा काम सम्पन्न नगरेमा हुने क्षति र सोको जिम्मेवारी जानकारी गराउने ।

-       दर्ता नविकरणको काम प्रति जिम्मेवार कर्मचारीलाइ तालिका जानकारी गराउने ।

-       वार्षिक नीति, योजना, कार्यक्रम र वजेटको जानकारी संवन्धित सरकारी निकायमा पेश गर्ने ।

-       कार्यक्रम सञ्चालन स्विकृति लिनु पर्नेमा स्विकृति लिने व्यवस्था गर्ने ।

-       दर्ता नविकरण सुची र अवस्था सहितको विवरण वेभसाइडमा अध्यावधिक गर्ने ।

धरौटि जमानत

-       जुनसुकै प्रयोजनका लागी अन्य संस्थामा बुझाएको धरौटी, जमानत आदिको विवरण अध्यावधिक गर्ने

-       जुनसुकै प्रयोजनका लागी कार्यालयले फिर्ता बुझाउनु पर्ने गरी राखेको धरौटी, जमानत आदिको विवरण अध्यावधिक गर्ने

सहयोग परिचालन तथा सामुदायिक सेवा

-       सामुदायिक सेवा सञ्चालन कार्यविधि अध्यावधिक गर्ने

-       स्थानिय दाताहरूसँग समन्वय बैठक गर्ने

-       स्थानिय दातालाइ सम्मान कार्यक्रम आयोजना गर्ने

-       सेवा विस्तार एवं सुदृढिकरणमा अपुग श्रोतको वारेमा प्रस्तुति गर्ने

-       समुदायस्तरमा चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने

-       समुदायमा क्रियाशिल संघ/संस्थासँग समन्वय बैठक सञ्चालन गर्ने

-       स्थानिय सरकारसँग समन्वय गरी सामुदायिक सेवामा योगदान गर्ने

धन्यवाद ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.



//