Gokarneshwar Municipality - 6, Jorpati Tel:

Adult Literacy
Published Date: 2083-01-13
Expiry Date: 2083-01-19

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाडौं 
साप्ताहिक गतिविधि

 


प्रकाशन मितिः २०८३।०१।१३, आइतवार

अवधिः वि.सं २०८३।०१।०६ देखि वि.सं.२०८३।०१।१२ गते सम्म

साप्ताहिक अंक: १७/२०२६

१.     साप्ताहिक प्रगति समिक्षा बैठक सम्पन्न

आम्दा नेपालका अध्यक्ष डा. रोहित कुमार पोखरेल, सचिव डा. दुर्गा प्रसाद भण्डारी र कोषाध्यक्ष डा. माधव प्रसाद खनालको उपस्थितिमा वि.सं. २०८३।०१।०९ गते मासिक प्रगति समिक्षा बैठक सम्पन्न भएको छ । 

२.     सि. बा. अस्पताल फार्मेशी नविकरण सम्पन्न

सिद्धार्थ बाल तथा महिला अस्पतालमा सञ्चालित फार्मेशीको औषधि व्यवस्था विभागमा नविकरण गर्ने काम वि.सं. २०८३।०१।१० गते सम्पन्न भएको छ ।

३.     शैक्षिक कार्यक्रमको नविकरण ।

आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान दमकमा सञ्चालित कार्यक्रमहरू नविकरणका लागी सम्वन्धित कार्यालयहरूको सिफारिश संकलन गरी वि.सं. २०८३।०१।०७ गते दस्तुर सहित निवेदन दर्ता कार्य सम्पन्न भएको छ ।

४.     विद्यार्थी पञ्जिकरण सहजीकरण

आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान दमकमा सामान्य चिकित्सा, मेडिकल ल्याव टेक्नोलोजी र फिजियोथेरापी विषयमा वर्ष २०८२/८३ मा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदमा रजिष्ट्रेशन भ अध्ययनरत विद्यार्थीहरूको नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा सुचिकरण गर्ने काम वि.सं. २०८३।०१।१० गते सम्पन्न भएको छ ।

५.     आयात अनुमति प्राप्त

सि.बा.म. अस्पतालमा उपचार गर्न आउने बालबालिकाहरूलाइ निशुल्क उपलब्ध गराइने विभिन्न ४ प्रकारका औषधिहरू अमेरिका स्थित दातासंस्थाबाट प्राप्त गर्न वि.सं. २०८३।०१।१० गते आयात अनुमति प्राप्त भएको छ ।

६.     नविकरण शुल्क बेरूजु फर्यौटको लागी निवेदन पेश । 

सि.बा.म. अस्पतालको अस्पतालको आ.व. २०७७/७८ को नविकरण शुल्क बेरुजू भइ आएको भनि स्वास्थ्य सेवा विभाग, उपचारात्मक सेवा महाशाखाबाट सुचना प्राप्त भएकोमा वि.सं. २०८३।०१।१० गते बेरूजु  राजस्व दाखिला भइसकेको व्यहोरा जानकारी सहित फर्स्यौट लागी निवेदन पेश गरिएको छ ।

७.     नियमित साप्ताहिक बैठक ।

वि.सं. २०८३।०१।१३ गते सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।

वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामको जानकारी तथा निर्णयको सारांश ।

क्र. सं.

कामको विवरण तथा निर्णयको सारांश

आय संकलन तथा बैंकिङ् कारोवार

-       इकार्इगत रूपमा नियमानुसार हुनु पर्ने आय संकलन भए नभएको परिक्षण गर्ने

-       संकलित आय निमानुसार बैंक दाखिला भए नभएको रूजु गर्ने

-       कार्यालयको प्रयोजनका लागी खोलिएका बैंक खाताको अवस्था रूजु गरि अध्यावधिक गर्ने

-       बैंकले दिएको सुविधा र समग्र बैंकिङ्ग कारोवारको पुनर्मूल्याङ्कन गर्ने

-       कर्मचारीको नाममा कार्यालयको तर्फबाट जम्मा गरिने सञ्चयकोष, सामाजिक सुरक्षा लगायतका खातामा जम्मा भएको विवरण रूजू गर्ने

योजना र कार्यक्रम

-       नीति, योजना, कार्यक्रम र बजेट तयारी कार्यविधि अध्यावधिक गर्ने

-       स्विकृत नीति, योजना, कार्यक्रम र बजेटको कार्यान्वयन स्थिति समिक्षा गर्ने

-       प्रगति सुचकाङ्कहरू अध्यावधिक गर्ने र प्रकाशन, वितरण तथा सार्वजनिक गर्न आवश्यक व्यवस्था गर्ने

-       वार्षिक योजना रूजू गरी सहायता एवं श्रोत खोजी गर्न प्रस्तावना र अवधारणापत्र तयार गर्ने

प्रस्तावना तयारी

-       इकाइगत रूपमा आवश्यकता पहिचान सर्भेक्षण गर्ने

-       इकाइगत सर्भेक्षणका आधारमा सेवा सुधार योजना तयार गर्न

-       कार्यालयको निर्धारित नीति, योजना तथा कार्यक्रम सञ्चालन गर्न अपुग श्रोतको खोजी गर्न प्रस्तावना तयार गर्ने

-       आम्दा नेपालको स्विकृत नीति अनुरूप कार्यक्रम सञ्चालनका लागी प्रस्तावना तयारीको योजना बनाउने

-       सरकारी निकायबाट तोकिएको ढाँचामा कार्यक्रम स्विकृति वा नविकरणका लागी प्रस्तावना तयार गर्ने

-       कार्यक्रम तथा योजना शाखाको तर्फबाट योजना गोष्ठी सञ्चालन गर्ने

धन्यवाद ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.



//