आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाडौं
साप्ताहिक गतिविधि
प्रकाशन
मितिः २०८२।१२।२२, आइतवार
अवधिः
वि.सं २०८२।१२।१५ देखि वि.सं.२०८२।१२।२१ गते सम्म
साप्ताहिक
अंक: १४/२०२६
१. कर्मचारी नियमवली प्रमाणीकरण ।
आम्दा
नेपालको कर्मचारी नियमावली संशोधन ८ प्रमाणिकरणको लागी श्रम कार्यालय, काठमाडौंमा
वि.सं. २०८२।१२।१३ गते गरिएको छ ।
२. कर्मचारी दरवन्दी थप ।
आम्दा
मेची अस्पतालको लागी आन्तरिक श्रोतबाट खर्च व्यहोर्ने गरी प्रशासन तर्फ, तह ४ को
एक पदको दरवन्दी वि.सं. २०८२।१२।१५ गते थप गरिएको छ ।
३. फार्मेशी सहायको कार्यक्रम सञ्चालन सहमति ।
आम्दा
मेची अस्पतालमा, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सम्वन्धन
स्विकृति लिइ डिप्लोमा इन फार्मेशी कार्यक्रम सञ्चालन गर्न वि.सं. २०८२।१२।१५ गते
सहमति प्रदान गरिएको छ ।
४. नीति योजना एवं कार्यक्रम प्रस्ताव ।
आर्थिक
वर्ष २०८३/८४ को लागी नीति, योजना र कार्यक्रम प्रस्ताव गर्न वि.सं. २०८२।१२।१७
गते मातहतका कार्यालयहरूलाइ निर्देश गरिएको छ ।
५. नियमित साप्ताहिक बैठक ।
वि.सं.
२०८२।१२।२२ गते, सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
बार्षिक कार्यसुची
अनुरूप यस हप्ता गर्नु पर्ने कामको जानकारी तथा निर्णयको सारांश ।
|
क्र. सं. |
कामको विवरण
तथा निर्णयको सारांश |
|
१ |
ढाँचा/नमूना
-
कार्यालय प्रयोजनको लागी प्रयोग
हुने समझदारी पत्रको नमूना अध्यावधिक गर्ने र संवन्धित कर्मचारीलाइ जानकारी
गराउने -
छपार्इ नमूना निर्धारण तथा प्रयोग
कार्यविधि अध्यावधिक गर्ने -
प्रचलनमा रहेका छपार्इ नमुना संकलन
गरी अध्यावधिक गर्ने -
नयाँ ढाँचा एवं नमुना प्रयोगमा
ल्याउन आवश्यक व्यवस्था मिलाउने -
नयाँ ढाँचा र नमुनालार्इ आवश्यकता
अनुसार वेभसार्इडमा राख्ने व्यवस्था मिलाउने |
