Published Date: May 13, 2019
गत हप्ताका गतिविधिहरूः
१. आम्दा अस्पताल दमकको प्राविधिक सहयोग तथा तुलशादेवी हरिहर फाउन्डेसन ललीतपुर र गौरीगञ्ज गाउँपालीकाको सहआयोजनामा २५ वैशाख २०७६ मा गौरीगञ्ज प्राथमिक स्वास्थ्य केन्द्रमा विषेशज्ञ चिकित्सकहरूवाट निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरियो । उक्त शिविरमा १४३ जना विरामीहरूको स्वास्थ्य परिक्षण गरिएको थियो ।  
 
२. स्वास्थ्य निर्देशनालय प्रदेश नं. ३ र आम्दा अस्पताल, दमकको सहकार्यमा ४६ औ व्याजको ६० दिने  एस.वि.ए. तालीम मिति २०७६।०१।२२ गतेवाट विधिवत रूपमा आम्दा अस्पताल, दमकमा सञ्चालन भएको छ । उक्त तालीममा सिन्धुली, रसुवा, दोलखा, कार्भे, मकावनपुर र आम्दा अस्पतालवाट गरि जम्मा १० जना सहभागीहरू उपस्थित भएका छन ।
 
३. Nurses: A voice to Lead, Health for allभन्ने नाराका साथ १९९ औ अन्तराष्ट्रिय नर्सिड. दिवश १२ मे २०१९ का दिन आम्दा अस्पताल, दमकमा विषेश कार्यक्रमका साथ आयोजना गरियो । उक्त अवसरमा अस्पतालमा भर्ना भइ उपचाररत ७७ जना विरामीहरूलाइ विषेश हेरचाहका साथ फलफुल वितरण गरिएको थियो ।