Staff Transfer

Published Date: Nov 01, 2018
आम्दा केन्द्रीय कार्यालयका प्रशासक, ध्रुब प्रसाद श्रेष्ठ सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलमा सरूवा हुनुभएको छ भने सि.बा.म. अस्पतालमा बरिष्ठ अधिकृत (प्र/ले) मा कार्यरत अच्युत सापकोटा तहाँबाट आम्दा नेपाल केन्द्रीय कार्यालयमा सरूवा भइ मिति २०७५।०६।२२ देखि कामकाजमा हुनुहुन्छ । उहाँहरू दुवैजना आ-आफ्नो कार्यलयमा हाजिर भइ नियमित कामकाजमा फर्किसक्नु भएको छ ।

आम्दा मेची अस्पताल धुलाबारीमा कार्यरत बरिष्ठ मेडिकल अधिकृत श्री डा. रूपेश रोशनलाइ सिद्धार्थ बाल तथा महिला अस्पताल, बुटवलमा सरूवा गरिएको छ । डा. रूपेश रोशनले आम्दा मेची अस्पतालमा बरबुझारथ सम्पन्न गरी सि.बा.म. अस्पतालमा हाजिर हुन जानुहुने छ ।