MCH Project, Dang
Published Date: 2019-12-02
Expiry Date: 2019-12-09

AMDA Nepal 
Maternal and Child Health Project
Dang
Weekly News
मातृ तथा शिशु स्वास्थ्यको अवस्थामा सुधार ल्याउन आम्दा नेपाल मातृशिशु स्वास्थ्य परियोजना गढवा दाङ द्वारा विभिन्न प्रबर्द्धनात्मक तथा सचेतानात्मक कार्यक्रम गर्दै आइरहेको छ । यसै क्रममा परियोजना द्वारा गर्भवती हरुलाई लक्षित् गरि १००० वटा शुभकामना कार्ड तयार गरि गाउपलिकामा हस्तान्तरण गरेको छ । उक्त शुभकामना कार्ड गाउँपालिका मार्फत चार वटै स्वास्थ्य संस्थामा वितरण गरि गर्भवती जांच गराउन आउने महिलालाइ गर्भवती भएकोमा शुभकामना स्वरूप दिईने छ । उक्त कार्डमा शुभकामनाका साथै गर्भ जाँच गराउने समय, गर्भावस्थामा गर्नु पर्ने स्याहार, खतराका चिन्नहरु, संस्थागत प्रसुती जस्ता सचेतानात्मक सुचाना हरु समाबेश गरिएको छ
आम्दा नेपाल मातृशिशु स्वास्थ्य परियोजनाको बार्षिक कार्यक्रम अनुसार स्वास्थ्य संस्थाकाका कर्मचारी हरुलाई विभिन्न तालिममा सहयोग गर्ने कार्यक्रम रहेको र उक्त कार्यक्रम संचालन गर्नकोलागी यस परियोजना का कार्यक्रम प्रवन्धक राजेन्द्र रुचाल ले प्रदेश स्वास्थ्य तालिम केन्द्र प्रदेश न ५ संग समन्वय भेट गर्नुभएको छ । आम्दा नेपाल मातृशिशु स्वास्थ्य परियोजना दांग, प्रदेश स्वास्थ्य तालिम केन्द्र बुटवल  र स्वास्थ्यका लागि सक्षम् प्रणाली (SSBH) बीचको समन्वय तथा सहकार्यमा गढवा   गाउँपालिकासहित दांग जिल्लाको स्वास्थ्य संस्थाका कर्मचारी हरुलाइ CoFP Counseling training संचालन गर्ने सहमति भएको छ । उक्त तालिम चार ब्याचमा गर्ने र प्रत्येक ब्याचमा गढवा गा. पा. बाट २ जना कर्मचारी सहभागी गराउने र तालिम को लागि आम्दा नेपाल मातृशिशु स्वास्थ्य परियोजना दांग, प्रदेश स्वास्थ्य तालिम केन्द्र बुटवल  र स्वास्थ्यका लागि सक्षम् प्रणाली (SSBH) द्वारा आ-आफ्नो तर्फ बाट आबस्यक आर्थिक तथा प्राबिधिक सहयोग गर्नको लागि त्रिपक्षिय सम्झौता भएको छ ।
मातृ तथा शिशु स्वास्थ्य को अवस्थामा सुधार ल्याउन आम्दा नेपाल मातृशिशु स्वास्थ्य परियोजना गढवा दाङ द्वारा गाउँपालिका अन्तरगतका स्वास्थ्य आमा समूहको अभिमुखीकरण तथा सामग्री वितरण गर्दै आइरहेको छ । गाउँ पालिका मा रहेका सम्पूर्ण ८५ वटा स्वास्थ्य आमा समूह लाइ अभिमुखीकरण तथा सामाग्री वितरण कार्य सकिएको छ ! यस कार्यक्रम पश्चात आम्दा नेपाल का सामुदायिक स्वास्थ्य परिचालक द्वारा प्रत्यक समुहको मासिक बैठक मा प्राबिधिक सहयोग गर्ने कार्यक्रम रहेको छ
गढवा गाउँपालिकाको स्वास्थ्य आमा समूहको अभिमुखीकरण तथा सामग्री वितरण गर्ने कार्यक्रम सम्पन्न भए सगै स्वास्थ्य आमा समूह को मासिक बैठकको सहजीकरणको लागि गत हप्ता आम्दा नेपाल का सामुदायिक स्वास्थ्य परिचालक हरु द्वारा गढवा गाउँ पालिका अन्तर्गत वडा न. १ का वनघुस्री, जेठानगाँउ, मलमला, वडा न. २ का घुस्रा, वडा न. ३ का धैरेनी, वडा न. ६ का प्रगतिनगर, अत्तरबेदुवा, मनिकापुर, वडा न. ७ का चन्दनपुर, भोजपुर, झार्बैरा, सेमरी, मानपुर, मक्नहवा र वडा न. ८ कोइलाबास को नयाबजार मा जम्मा चौध स्थानका स्वास्थ्य आमा समुहहरुको बैठक तथा छलफलमा प्राबिधिक सहयोग गरेका छन् ।
 
 
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.