MCH Project, Dang
Published Date: 2019-11-25
Expiry Date: 2019-12-02

AMDA Nepal
Maternal and Child Health Project (MCHP)
Dang
Weekly News International Day for the Elimination of Violence Against Women को अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्नकोलागि गढवा गाउँपालिका, गैर सरकारी संघसस्था तथा सम्बन्धित सरोकारवालाहरुको मिति २०७६ मङ्सिर ४ गते भेला सम्पन्न भएको छ । उक्त भेलामा आम्दा नेपालको तर्फबाट  कार्यक्रम प्रबन्धक राजेन्द्र रुचाल ले  प्रतिनिधित्व गर्नु भएको थियो ।  गाउँपालिकाको आयोजना तथा गैरसरकारी संस्था हरुको समन्वय तथा सहकार्य मा महिला हिंसा सम्बन्धि अभिमुखीकरण तथा र्याली कार्यक्रम को आयोजना हुदैछ । कार्यक्रममा आम्दा नेपाल को तर्फबाट अभिमुखीकरण कार्यक्रमको सहजीकरण तथा अन्य प्राबिधिक सहयोग गर्ने कार्यक्रम रहेको छ । नेपाल सरकारको कर्मचारी समायोजन प्रक्रिया द्वारा गढवा गाउँ पालिकाका चारवटै स्वास्थ्य चौकीका इन्चार्ज तथा केहि कर्मचारी परिवर्तन हुनुभएकोले यस परियोजना का कार्यक्रम प्रवन्धक राजेन्द्र रुचालले गढवा हे पो , परसपुर हे पो र गोबरडिहा हे. पो.  का नया इन्चार्ज क्रमस; रुप नारायण चौधरी, महेन्द्र बेलबासे र खुमानन्द भट्टराइ  संग मिति २०७६ मंसिर ५ गते परिचयात्मक तथा समन्वयात्मक भेट गर्नु भएको छ । कार्यक्रममा आम्दा नेपाल र आम्दा माइन्ड्स को बारेमा जानकारी गराउदै गढवा गाउँ पालिकामा संचालित मातृशिशु स्वास्थ्य परियोजना को बारेमा जानकारी गराउनु भयो । परियोजनाद्वारा हालसम्म गरिएका गतिबिधि तथा आगामी कार्यक्रम हरुको बारेमा जानकारी गराउदै आम्दा नेपाल द्वारा सम्पूर्ण स्वास्थ्य संस्था हरुसंग निरन्तर  समन्वय तथा सहकार्य गरि अगाडी बढ्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । मिति २०७६ मंसिर ६ गते यस परियोजनाका कार्यक्रम प्रवन्धक राजेन्द्र रुचालले  प्रदेश योजना आयोग प्रदेश नम्बर ५ बुटवल का उप सचिब तिलक खड्का संग भेट गर्नु भएको छ । भेटमा आम्दा नेपाल लाइ प्रदेश नम्बर ५ मा सुचिकृत गर्ने बारेमा छलफल गर्नभयो ! योजना आयोग द्वारा आन्तरिक मामिला तथा कानुन मन्त्रालय संग समन्वय गरि त्यहाका अधिकृत गोबिन्द बेलबासे संग संस्था सुचिकृत गर्नकोलागि आवस्यक पुर्व तयारीको बारेमा जानकारी लिईएको छ ।
  मातृ तथा शिशु स्वास्थ्य को अवस्थामा सुधार ल्याउन आम्दा नेपाल मातृशिशु स्वास्थ्य परियोजना गढवा दाङ द्वारा गाउँपालिका अन्तरगतका स्वास्थ्य आमा समूहको अभिमुखीकरण तथा सामग्री वितरण गर्ने कार्यक्रम लगभग अन्तिम चरण मा पुगेको छ । गाउँपालिकाका सबै ८४ वटा स्वास्थ्य आमा समूहहरुको अभिमुखीकरण गर्ने लक्क्ष राखिएकोमा ८२ वटा समुहमा अभिमुखीकरण सकिएको छ । गत हप्ता गढवा गाउँ पालिका अन्तर्गत वडा न. २ का पचहिया, वडा न. ४ का कतियानगाँउ, वडा न. ६ का प्रगतीनगर, खबरी, प्रनाह गौरी, गढवा बजार, मा गरि जम्मा ६ स्थानका स्वास्थ्य आमा समुहहरुको अभिमुखीकरण तथा सामग्री वितरण भएको छ ।  

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.