MCH Project, Dang
Published Date: 2019-11-18
Expiry Date: 2019-11-25

AMDA MCH Project

आम्दा नेपाल मातृशिशु स्वास्थ्य परियोजना

गढवा -६, दाङ

गाउँ पालिका उपाध्यक्ष द्वारा परियोजना अनुगमन   
मिति २०७६ कार्तिक २९ गते गढवा गाउँ पालिका उपाध्यक्ष श्री शान्ति चौधरी द्वारा आम्दा नेपाल मातृ तथा शिशु स्वास्थ्य परियोजना द्वारा संचालन भैरहेका विभिन्न गतिबिधि हरुको अनुगमन गर्नु भएको छ । अनुगमन गर्ने क्रम मा  गढवा ६, आटिपाकर गाउँ मा चलिरहेको स्वास्थ्य आमा समूहको अभिमुखीकरण तथा सामग्री वितरण कार्यक्रम मा उपस्थित भइ आम्दा नेपाल द्वारा संचालित स्वास्थ्य आमा समूहको अभिमुखीकरण कार्यक्रमले आमा समुहको सशक्तिकरणमा टेवा पुग्ने अपेक्षा राख्दै आफ्नो समुदायमा आमा तथा बच्चा को स्वास्थ्य स्थिति सुधार गर्नकोलागि  गाउँका महिला दिदिबहिनिहरु स्वास्थ्य आमा समुहाको रुपमा सक्रिय रहनु पर्ने बताउनु भयो । कार्यक्रम संचालन गरेकोमा आम्दा नेपाललाइ धन्यबाद दिदै गाउँपलिका को तर्फबाट आबस्यक सहयोग, सहकार्य  तथा समन्वय निरन्तर रहने बताउनु भयो ।

भवन निर्माण स्थलको अनुगमन तथा ब्यबस्थापन समिति संग समन्वय भेट
आम्दा नेपाल का कार्यक्रम अधिकृत रोहित श्रेष्ठ तथा आम्दा माइन्ड्स का इन्जिनियर नबिन अधिकारि द्वारा गढवा गाउँ पालिका वडा न २ को चिम्चिमे गाउमा प्रस्तावित सामुदायिक स्वास्थ्य इकाई निर्माणस्थल अबलोकन गर्नु भएको छ । करिब ३/४ महिना भित्र उक्त भवन निर्माण सुरु गर्ने कार्यक्रम रहेको ले उक्त क्षेत्र को मौसम, बाटो घाटो तथा निर्मंस्थलको भौगोलिक अवस्था को बारेमा अबलोकन गर्नुका साथै  स्वास्थ्य इकाई ब्यबस्थापन समितिका सदस्यहरु संग छलफल गरि निर्माण अनुगमन समिति गठन गर्न को लागि पहल गर्नु भयो

स्वास्थ्य  आमा समूहको अभिमुखीकरण तथा सामाग्री वितरण  
मातृ तथा शिशु स्वास्थ्यको अवस्थामा सुधार ल्याउन आम्दा नेपाल मातृशिशु स्वास्थ्य परियोजना गढवा दाङ द्वारा गाउँपालिका अन्तरगतका स्वास्थ्य आमा समूहको अभिमुखीकरण तथा सामग्री वितरण गर्दै आइरहेको छ साथै आमा समुहको सक्रियता तथा गतिबिधिलाइ सहयोग तथा पर्बर्द्धन गर्न को लागि प्रत्येक समूह लाइ आम्दा नेपाल द्वारा म्याट, टिनको बाकस, रजिस्टर, स्केल, कलम जस्ता सामाग्रीहरु पनि हस्तान्तरण गरेको छ । यसै क्रममा  गत हप्ता गढवा गाउँ पालिका अन्तर्गत वडा न. १ को जेठानगाँउ, वडा न. २ का पचहिया र चिमचिमे, वडा न. ३ का गोबरडिहा, रतनपुर र धैरेनी, वडा न. ६ का अत्तरवेदुवा, बालाखुट्टी, घोराहा( हस्पितल रोड), मनिकापुर, अत्तिपाकर, हासिपुर मा गरि जम्मा १२ स्थानका स्वास्थ्य आमा समुहहरुको अभिमुखीकरण तथा सामग्री वितरण भएको छ ।  
 

 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.