MCH Project, Dang
Published Date: 2019-11-11
Expiry Date: 2019-11-18

मिति २०७६ कार्तिक २४ गते AMDA MINDS द्वारा आम्दा नेपाल मातृशिशु स्वास्थ्य परियोजना को गतिबिधिहरुको  अनुगमन भएको छ ।  आम्दा माइन्ड्स हेड क्वाटर, Department of Program Operation का  Director Mr. Kazuhiro Tanaka, आम्दा माइन्ड्स नेपाल कि Program Manager Ms. Chiho Matsumoto, Acting Country Director Ms Kaeko Okuda  ले परियोजना द्वारा गढवाको  वार्ड नम्बर २ को डाँडागाउ तथा वडा नम्बर ८ को कोइलाबास मा संचालन भएको स्वास्थ्य आमा समूह को अभिमुखीकरण कार्यक्रमको अनुगमन का साथै परियोजना द्वारा प्रस्तावित सामुदायिक स्वास्थ्य इकाई निर्माणस्थल को पनि अवलोकन गर्नुभयो । यसै सन्दर्भमा वार्ड नम्बर २ र ८ को वडा कार्यालय,  तथा कोइलाबास स्वास्थ्य चौकी मा समन्वय भेट कार्यक्रम रहेको थियो । कार्यक्रम मा वडा अध्यक्ष ज्यु हरुसंग परियोजनाको गतिबिधि हरुको समन्वय तथा सहकार्य को बारेमा छलफल भएको थियो । परियोजना का कार्यक्रम प्रवन्धक राजेन्द्र रुचाल को संयोजकत्व तथा  आम्दा माइड्स का इन्जिनियर नबिन अधिकारिको सहयोग मा उक्त अनुगमन कार्यक्रम सम्पन्न भएको थियो । आम्दा नेपाल का कार्यक्रम प्रवन्धक राजेन्द्र रुचाल, प्रसासन तथा बित्त अधिकृत सुदन ओली र इन्जिनियर नबिन अधिकारि द्वारा जिल्ला समन्वय समितिको कार्यालय र  स्वास्थ्य कार्यालय  घोराही दांगमा सम्मवय भेट कार्यक्रम गर्नुभयो । कार्यक्रम मा जिल्ला समन्वय अधिकारि श्री काशिराम गैरे तथा स्वास्थ्य कार्यालय प्रमुख टंक आचार्य ज्यु संग छलफल गरि यस परियोजना द्वारा जिल्ला स्तरीय सरोकारवाला हरुसंग परियोजनाको गतिबिधिहरुको बारेमा जानकारी तथा समन्वय बैठक बस्ने मिति तथा समय को बारेमा छलफल गरियो ।
  मातृ तथा शिशु स्वास्थ्य को अवस्थामा सुधार ल्याउन आम्दा नेपाल मातृशिशु स्वास्थ्य परियोजना गढवा दाङ द्वारा गाउँपालिका अन्तरगतका स्वास्थ्य आमा समूहको अभिमुखीकरण तथा सामग्री वितरण गर्दै आइरहेको छ । साथै आमा समुहको सक्रियता तथा गतिबिधि लाइ सहयोग तथा पर्बर्द्धन गर्न को लागि प्रत्येक समूह लाइ आम्दा नेपाल द्वारा म्याट, टिनको बाकस, रजिस्टर, स्केल, कलम जस्ता सामाग्रीहरु पनि हस्तान्तरण गर्दै आएको छ । यसै सन्धर्भमा गत हप्ता गढवा गाउँ पालिका अन्तर्गत वडा न. १ का मलमला, खड्कापुर, रङसिङ र चिसापानी, वडा न. २ को डाँडागाँउ र घुस्रा वडा न. ४ को प्रशेनी, रामनगार, प्रस्पुर र पर्सा वडा न. ८ कोइलाबास का डाँडागाँउ, डाँडा, मुसिनाका, जानकीटोल, पासिटोल, नयाबजार, खबरीनाका, मस्जिदटोल, उत्तरटोल र अन्तरखाल मा गरि जम्मा २० स्थानका स्वास्थ्य आमा समुहहरुको अभिमुखीकरण तथा सामग्री वितरण भएको छ ।  

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.