MCH Project, Dang
Published Date: 2019-10-21
Expiry Date: 2019-10-28

स्वास्थ्य  आमा समूह को अभिमुखीकरण तथा सामाग्री वितरण  
मातृ तथा शिशु स्वास्थ्य को अवस्थामा सुधार ल्याउन आम्दा नेपाल मातृशिशु स्वास्थ्य परियोजना गढवा दाङ द्वारा गाउँपालिका अन्तरगतका स्वास्थ्य आमा समूहको अभिमुखीकरण तथा सामग्री वितरण गर्दै आइरहेको छ । गाउपालिकाको मातृशिशु स्वास्थ्यको अबस्थामा सुधार ल्याउनकोलागि स्वास्थ्य आमासमुहको बैठक, स्वास्थ्य सम्बन्धि छलफल तथा सक्रियताले महत्वपुर्ण भूमिका खेल्ने हुदा सम्पूर्ण स्वास्थ्य आमा समूहहरुलाई स्वास्थ्य सम्बन्धि छलफल, आफ्नो गाउँ मा संचालन गर्न सकिने खालका कार्यक्रम हरुको कार्य योजना, सामाजिक नक्सांकन जस्ता बिषय मा आम्दा नेपालका सामुदायिक स्वास्थ्य परिचालक तथा कार्यक्रम अधिकृत द्वारा अभिमुखीकरण भैरहेको छ ।
साथै आमा समुहको सक्रियता तथा गतिबिधिलाइ सहयोग तथा पर्बर्द्धन गर्नकोलागि प्रत्येक समूहलाइ आम्दा नेपाल द्वारा म्याट, टिनको बाकस, रजिस्टर, स्केल, कलम जस्ता सामाग्रीहरु पनि हस्तान्तरण गरेको छ । गाउँपालिकाका सबै ८४ वटा स्वास्थ्य आमा समूहहरुको अभिमुखीकरण गर्ने लक्ष राखिएकोमा गत हप्ता गढवा गाउँपालिका अन्तर्गत वडा न. १ का वडहरा, जेठानगाँउ, पत्रींगा र जुरौनी, वडा न. २ को पचहिया, वडा न. ४ को हडैया, वडा न. ५ का बाँकी, बोधिपुर र सोनपुरुवा, वडा न. ६ का तल्लो मधपुर, रामपुर र वनकट्टी वडा न. ७ का झार्बैरा, मक्नवा, मानपुर र शान्तीपुर मा गरि जम्मा १६ स्थानका स्वास्थ्य आमा समुहहरुको अभिमुखीकरण तथा सामग्री वितरण भएको छ ।  

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.