MCH Project, Dang
Published Date: 2019-09-30
Expiry Date: 2019-10-07

स्वास्थ्य  आमा समूह को बैठक सहजीकरण
मातृ तथा शिशु स्वास्थ्य को अवस्थामा सुधार ल्याउन आम्दा नेपाल मातृशिशु स्वास्थ्य परियोजना गढवा दाङ का सामुदायिक स्वास्थ्य परिचालक द्वारा गाउँपालिका अन्तरगतका स्वास्थ्य आमा समूहको कार्यक्षमातामा सुदृढीकरण को लागि विभिन्न क्रियाकलाप संचालन गर्दै आइरहेको छ   
स्वास्थ्य आमासमुहको बैठकको सहजीकरणको लागि गत हप्ता आम्दा नेपाल का सामुदायिक स्वास्थ्य परिचालक हरु द्वारा गढवा गाउँ पालिका अन्तर्गत वडा न. १ (रंसिंग, चिसापानी ), वडा न.२ (महादेवा, डाँडागाउँ,), वडा न. ४ (परसपुर,) वडा न. ५ (खाज्रौता) वडा न. ६ (गढवा ), वडा न ७ (घोराहा, मानपुर, मक्नावा) र वडा न ८ (खबरिनाका) मा गरि जम्मा एघार स्थानका स्वास्थ्य आमा समुहहरुको बैठक तथा छलफलमा प्राबिधिक सहयोग गरेका थिए ।  
धेरै जसो स्वास्थ्य आमा समुहहरु नियमित बैठक नबस्ने तथा स्वास्थ्य सम्बन्धि छलफल गर्ने काम मा त्यति धेरै अग्रसर नरहेको हुनाले आम्दा नेपाल का सामुदायिक स्वास्थ्य परिचालकहरु द्वारा आ-आफ्नो कार्य क्षेत्रका स्वास्थ्य आमा समुहहरुको बैठक संचालन प्रक्रिया, छलफल गर्ने बिषय को बारेमा सहजीकरण गर्दै आएका छन् । स्वास्थ्य आमा समूह हरुमा नियमित सहजीकरण तथा प्राबिधिक सहयोग बाट महिला स्वास्थ्य स्वयं सेविका तथा स्वास्थ्य आमा समुहको कार्य क्षमता मा अभिबृद्धि भइ  समुदायमा  मातृ तथा शिशु स्वास्थ्य को अवस्था मा सुधार आउने अपेक्षा गरिएको  छ ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.