MCH Project, Dang
Published Date: 2019-09-23
Expiry Date: 2019-09-30

परिवार नियोजन दिवस मा विषेस कार्यक्रम सम्पन्न

गढवा गाउँपालिका दाङको आयोजना तथा आम्दा नेपाल मातृशिशु स्वास्थ्य परियोजना र रेडक्रस सोसाइटी को सहयोग तथा समन्वयमा गढवा दाङ मा परिवार नियोजन दिवस को अवसर पारि बिशेस कार्यक्र सम्पन्न भएको छ । “किशोर ‌किशोरीको सहभागिता, परिवार योजना सेवाको सुनिश्चितता” भन्ने मूल नारा सहित यहि असोज १ गते का दिन छैठौं परिवार नियोजान दिवस कार्यक्रम मा जनचेतना मुलक ~याली ताथा कक्षा ९ र १० मा अध्ययनरत किशोर किशोरी बिद्यार्थी हरुलाई विशेष कक्षा संचालन गरिएको थियो ।

गढवा गाउँपालिका वडा नः ६ का अदक्ष्य, गढवा गाउँपालिका का स्वास्थ्य संयोजक तथा सह - स्वास्थ्य संयोजक, वडा सदस्य हरु, रेडक्रस सोसाइटी का संयोजक, वडा नः ५ र ६ का महिला स्वास्थ्य स्वयं सेविका हरु र आम्दा माइन्डस् तथा आम्दा नेपाल का कर्मचारी हरु गरि जम्मा ६८ महिला र २० पुरुष को उपस्थिति रहेको ~याली गढवा गाउँपालिका बाट सुरु भई गढवा बजार परिक्रमा गरि गढवा स्वास्थ्य चौकीं मा पुगी कोण सभा मा परिणत भएको थियो । कोण सभा को अध्यक्षता गढवा गाउँपालिका वडा नः ६ का अध्यक्ष श्री बाल चन्द्र हमाल ले गर्नु भएको थियो भने गाउँपालिका का अध्यक्ष श्री सहज राम यादव प्रमुख अतिथि का रुप मा उपस्थित हुनुभएको थियो । “किशोर ‌किशोरीको सहभागिता, परिवार योजना सेवाको सुनिश्चितता” भन्ने मूल नारा माथि प्रकाश पार्दै गढवा गाउँपालिका का स्वास्थ्य संयोजक श्री लोक राज पौडेल ले गढवा गाउँपालिका मा परिवार नियोजन का साधन को उपयोग को स्थिति बारे बताउनु भएको थियो । त्यस्तै मन्तव्य को क्रम मा स्वास्थ्य स्वयं सेविकाहरु को तर्फ बाट उषा डाँगी ले परिवार नियोजन को स्थायी साधन वन्ध्याकरण मा पुरुष हरु लाइ पनि तालिम दिइ पुरुष सहभागिता बढाउनु पार्ने बारे बोल्नुभएको थियो । कार्यक्रम का अदक्ष्य श्री बाल चन्द्र हमाल ज्यु ले दुई  छोरा वा छोरी भएता पनि एक अरु छोरी वा छोरा हुनुपर्ने सामाजिक धारणा लाइ हटाइ छोरा भए छोरी को रुपमा र छोरी भए छोरा को रुपमा माया गर्न सकिने भन्दै समाज का गलत धारणा हरु हटाउदैं जानु पर्छ भन्दै कोण सभा को समापन गर्नु भयो।

कोण सभा लगत्तै जनता उच्च माध्यमिक बिद्यालय गढवा मा अध्ययनरत कक्षा ९ र १० का विद्यार्थी हरु लाई परिवार नियोजन बारे बिशेष कक्षा संचालन गरिएको थियो। गढवा स्वास्थ्य चौकीका कर्मचारी, स्वास्थ्य सह सम्योजक तथा आम्दा नेपाल का स्वास्थ्य परिचालक हरु  द्वारा परिवार नियोजनमा किशोर किशोरीहरुको भूमिका, किशोर किशोरी हरुलाई परिवार नियोजन को आवश्यकता, परिवार नियोजन का साधन हरु र ति साधन हरुको उचित प्रयोग जस्ता बिषयमा संचालन गरिएको कक्षा मा १२९ छात्रा र ७७ छात्र गरि जम्मा २०६ विद्यार्थी उपस्थित भएका थिए ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.