MCH Project, Dang
Published Date: 2019-09-09
Expiry Date: 2019-09-16

स्वास्थ्य  आमा समूह को बैठक सहजीकरण

मातृ तथा शिशु स्वास्थ्य को अवस्था मा सुधार ल्याउन आम्दा नेपाल मातृशिशु स्वास्थ्य परियोजना द्वारा गढवा गाउँपालिका अन्तरगतका महिला स्वास्थ्य स्वयं सेविकाहरु तथा स्वास्थ्य आमा समूहको कार्यक्षमातामा सुदृढीकरण को लागि विभिन्न क्रियाकलाप संचालन गर्दै आइरहेको छ  भर्खरै मात्र गाउँपालिका अन्तर्गत का सम्पूर्ण महिला स्वास्थ्य स्वयं सेविका हरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ भने समुदाय स्तरमा गइ आम्दा नेपालका सामुदायिक स्वास्थ्य परिचालकहरु द्वारा स्वास्थ्य आमा समूहहरुको सहजीकरण गर्ने काम गरिरहेका छन्  स्वास्थ्य आमा समूह को अवधारणा अनुरुप प्रत्येक महिला स्वास्थ्य स्वयं सेविकाको मातहत मा एउटा स्वास्थ्य आमा समूह रहने र  स्वयं सेविका ले उक्त समूह को सचिब को भूमिका मा रहने प्राबधान रहेको छ  धेरै जसो स्वास्थ्य आमा समुहहरु नियमित बैठक नबस्ने तथा स्वास्थ्य सम्बन्धि छलफल गर्ने काम मा त्यति धेरै अग्रसर नरहेको हुनाले आम्दा नेपाल का सामुदायिक स्वास्थ्य परिचालकहरु द्वारा आ-आफ्नो कार्य क्षेत्रका स्वास्थ्य आमा समुहहरुको बैठक संचालन प्रक्रिया, छलफल गर्ने बिषय को बारेमा सहजीकरण गर्दै आएका छन्

महिनाको एक पटक बस्ने स्वास्थ्य आमासमुह को बैठकमा गत हप्ता आम्दा नेपाल का सामुदायिक स्वास्थ्य परिचालक हरु द्वारा गढवा गाउँ पालिका अन्तर्गत वडा न. १ (मल्माला), वडा न.२ (चिमचिमे), वडा न. ३ (रतनपुर), वडा न. ४ (रामनगर, हडैया, परसपुर), वडा न. ५ (बोधिपुर, धरमपुर) र वडा न. ६ (खबरी) मा गरि जम्मा नौ स्थानका स्वास्थ्य आमा समुहहरुको बैठक तथा छलफलमा प्राबिधिक सहयोग गरेका थिए   स्वास्थ्य आमा समूह हरुमा नियमित सहजीकरण तथा प्राबिधिक सहयोग बाट महिला स्वास्थ्य स्वयं सेविका तथा स्वास्थ्य आमा समुहको कार्य क्षमता मा अभिबृद्धि भइ  समुदायमा  मातृ तथा शिशु स्वास्थ्य को अवस्था मा सुधार आउने अपेक्षा गरिएको  छ

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.