MCH Project, Dang
Published Date: 2019-08-25
Expiry Date: 2019-09-01

महिला स्वास्थ्य स्वयंसेविका हरुका लागि दुई दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

गढवा गाउपलिका दाङ संगको समन्वय मा आम्दा नेपाल मातृशिशुस्वास्थ्य परियोजना गढवा दाङ द्वारा महिला स्वास्थ्य स्वयंसेविका हरुका लागि दुई दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न गरिएको छ । गढ़ावा गाउपलिका का तिन वटा स्वास्थ्य चौकी अन्तर्गत का महिला स्वास्थ्य स्वयंसेबिकसेविकहरुलाई उक्त तालिम संचालन गरिएको थियो । २०७६ भाद्र १ र २ गते गढवा स्वास्थ्य चौकी र गंगापरस्पुर स्वास्थ्य चौकी मा तथा २०७६ भाद्र ३ र ४ गोबरडिहा स्वास्थ्य चौकी मा तालिम सम्पन्न भएको छ । तालिम मा गढवा स्वास्थ्य चौकी मा २३ जना , गंगापरस्पुर स्वास्थ्य चौकी मा १९ जना र गोबरडिहा स्वास्थ्य चौकी मा २८  जना गरि जम्मा ७० जना महिला स्वास्थ्य स्वयंसेविकाहरु  को सहभागिता रहेको थियो ।

सुरक्षित् मातृत्व, नवजात शिशु तथा बाल स्वास्थ्य, सरसफाई, समुदाय परिचालन, प्रभावकारी संचार जस्ता बिषय मा संचालन गरिएको तालिम मा श्रोत व्यक्तिको रुपमा गाउपलिका का स्वास्थ्य शाखा का संयोजक र  सम्बन्धित स्वास्थ्य चौकी प्रमुखहरु रहनु भएको थियो भने आम्दा माइन्ड्सका Program Officer प्रदिप पन्त, आम्दा MCHP का Program Manager राजेन्द्र रुचाल र Program Officer रोहित मुल्मी श्रेष्ठ ले तालिम लाइ सहजी कारण गर्नु भएको थियो । तालिम मा आम्दा माइन्ड्स नेपाल कि Acting Country Director Miss  Kaayeko Okuda को पनि उपस्थिति रहेको थियो ।

सम्बन्धित वडा का वडा अध्यक्ष तथा जन प्रतिनिधि ज्यु हरु बाट महिला स्वास्थ्य स्वयंसेबिकसेविकहरुलाई झोला वितरण गरि कार्यक्रम को उद्घाटन गरिएको थियो । कार्यक्रम मा बोल्दै वडा न १ का अध्यक्ष बाबुराम अधिकारि ज्यु ले गाउपलिका मा मातृशिशु स्वास्थ्य क्षेत्र मा सुधार ल्याउन को लागि तालिम अत्यन्तै सान्धर्भिक रहेको र तालिम मा सहयोग गरेको मा आम्दा नेपाल लाइ धन्यबाद दिनुभएको थियो । तालिम मा सहभागी महिला स्वास्थ्य स्वयंसेबिकसेविकहरुले तालिम पश्चात आफुले गर्ने काम तथा जिम्म्बेबारी मा पुनर्ताजगी भएको तथा थप नयाँ कुरा हरु सिकेको र अबका दिनमा आ-आफ्नो समुदाय मा अझै प्रभावकारी रुपमा काम गर्ने प्रतिबद्दता गर्नु भएको छ ।

 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.