Damak, Jhapa Tel: +977 (23) 580186, 581266

AMDA Hospital
Published Date: 2019-12-01
Expiry Date: 2019-12-08

मिति: २०७६/०८/१५
 आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
 
मुख्य गतिविधिहरु:
१. आन्तरिक व्यवस्थापन समितिको बैठक:
आम्दा अस्पताल आन्तरिक व्यवस्थापन समितिको बैठक  १३ मंसीर २०७६ का दिन अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. नविन ढकालको अध्यक्षतामा सम्पन्न भयो । बैठकमा विभिन्न विषयहरूमा छलफल तथा निर्णय गरियो ।

२. विदाई कार्यक्रम:
आम्दा अस्पताल, दमकमा ०१ जनवरी १९९५ देखि सेवा प्रवेश गरि ०६ अक्टुबर २०१९ सम्म कार्यरत रही वरिष्ठ सि.एम.ए. पदबाट स्वेच्छिक अवकाश लिनु भएका कर्मचारी श्री सुरेश कुमार गैतमले आफ्नो कर्तव्य प्रति देखाउनुभएको निष्टा, लगनशिलता, ईमान्दारीता र सहयोगका उच्च मूल्यांङकन गर्दै निजलार्इ उत्तरोत्तर प्रगति, सुस्वास्थ्य र दिर्घायुको कामना सहित कदरपत्रका साथ विदाई गरियो ।

३. तालिम सम्पन्न:
स्वास्थ्य तालीम केन्द्र, प्रदेश नं.१ धनकुटाको सहयोगमा १० मंसीर २०७६ देखि ३ दिने Primary Trauma Care (PTC) तालीम आम्दा अस्पताल, दमकमा सम्पन्न । उक्त तालीममा श्री टिकादेवी सुवेदी (नर्सिङ अधिकृत) सहभागी हुनु भयो ।

४. थप उपकरण जडान:
प्रयोगशाला एकाईमा २०० टेष्ट प्रति घण्टा क्षमताको Biochemistry Analyzer मेशिन १३ मंसीर २०७६ मा जडान भई सेवा सूचारू भएको छ । थप उपकरणले सेवाग्राहीहरूलार्इ समयमानै सेवा प्रवाहमा सहयोग पुगेको छ ।

धन्यवाद l

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.