Damak, Jhapa Tel: +977 (23) 580186, 581266

AMDA Hospital
Published Date: 2019-09-23
Expiry Date: 2019-09-29

मिति:२०७६\०६\०६
 
आम्दा अस्पताल
दमक, झापा l
 
मुख्य गतिविधिहरूः

 
१. व्यवस्थापन कार्यशाला गोष्ठी:
३० भाद्र २०७६ देखि १ असोज २०७६ सम्म आम्दा नेपालमा सञ्चालन भएका २ दिने व्यवस्थापन कार्यशाला गोष्ठीमा आम्दा अस्पतालदमकबाट डा. नविन ढकाल (मेडिकल सुपरिन्टेन्डेन्ट), श्री भीम धमला (वरिष्ठ अधिकृत) र श्री योगेन्द्र गिरी (प्रशासन सहायक)  सहभागी । 

२. IMIS Refresher Training:
राष्ट्रिय वीमा वोर्ड, प्रदेश नं. १ को आयोजनामा २०७६ भाद्र ३० गते ईटहरीमा सञ्चालन भएको स्वास्थ्य वीमा वोर्डसंग सम्झौता भई स्वास्थ्य सेवा प्रदान गरिदै आएको सेवा प्रदायक अस्पतालमा कार्यरत कर्मचारीहरूलाई १  दिने IMIS Refresher Training प्रदान । उक्त तालीममा आम्दा अस्पतालबाट श्री शान्ता नेपालश्री गोमा खनाल र श्री खगेन्द्र प्रसाद दाहाल सहभागी । 

३. ६० दिने ४७सौ व्याज एस.वि.ए. तालीम:
आम्दा अस्पताल र राष्ट्रिय स्वास्थ्य तालीम केन्द्रटेकुको सहकार्यमा दमकमा सञ्चालन भएको  ६० दिने ४७सौ व्याज एस.वि.ए. तालीम कार्यक्रम ३ असोज २०७६ मा सम्पन्न । 

४. On-site Coaching Mentoring: 
वान हर्ट वल्डवाईडकाठमाडौको आयोजनामा २८ भाद्र २०७६ देखि ११ असोज २०७६ सम्म ऒखलढुङगा जिल्लाको विभिन्न बर्थिङ सेन्टरहरूमा कार्यरत एस.बि.ए.हरूकलागि On-site Coaching Mentoring गर्नका निमित्त आम्दा अस्पतालदमकवाट एस.वि.ए. प्रशिक्षक श्री पुनम गौरोको सहभागीता । 

५. वार्षिक समिक्षा गोष्ठी:

५ असोज २०७६ गते दमक नगरपालीकाको आयोजनामा सञ्चालन भएको १ दिने वार्षिक समिक्षा गोष्ठीमा आम्दा अस्पतालवाट मेट्रोन र मेडिकल रेकर्डर अस्पतालको वार्षिक प्रतिवेदन सहित गोष्ठीमा सहभागी ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.