Publish Date: 2017-06-08
२. पुसान युनिभर्सिटी, साउथ कोरिया, तानसेन नर्सिङ्ग कलेज र सिटिइभिटिको संयुक्त संयोजनमा मिति २०७४ जेठ २५ र २६ गते दुर्इ दिन हुने Infection Control and Prevention Training आम्दा सिद्धार्थ बाल तथा महिला अस्पतालको सभाहलमा तालिम सम्पन्न भयो । मिति २०७४।०२।२५ गते संचालित उक्त तालिममा सिद्धार्थ बाल तथा महिला अस्पताल लगायत रूपन्देहीमा संचालित बिभिन्न अस्पताल तथा नर्सिङ्ग कलेजहरूबाट दुर्इ समूह गरि करिव ८९ जना नर्सिङ्ग कर्मचारीहरू सहभागि थिए । उक्त दिनको तालिममा ८ जना प्रशिक्षकहरूले प्रशिक्षण गराएका थिए । मिति २०७४।०२।२६ गते संचालित तालिममा भने आम्दा लगायत रूपन्देहीका बिभिन्न अस्पतालहरूबाट गरेर जम्मा ३६ जना चिकित्सक, ८ जना नर्सिङ्ग, २ जना प्यारामेडिक्स सहभागि थिए । उक्त दिनको तालिममा समेत ८ जना प्रशिक्षकहरूले प्रशिक्षण गराएका थिए । उक्त तालिमले Infection Control मा धेरो ठूलो सहयोग हुने विश्वास लिइएको छ ।