कर्मचारी सम्मान कार्यक्रम

Publish Date: 2017-06-08

आम्दा सिद्धार्थ बाल तथा महिला अस्पतालमा नियमित कर्मचारीको रूपमा हेल्पर पदमा कार्यरत श्री जिताराम चौधरी र बरिष्ठ हेल्पर पदमा कार्यरत श्री लाल कुमारी वि.क. ६० वर्षे उमेरहदका कारण स्वत अवकाश हुनु भएको हुँदा, उहाँहरूले अस्पतालको स्वास्थ्य सेवामा पु-र्याउनु भएको योगदानको उच्च सम्मान गर्दै अस्पतालले दोसल्ला ऒडाइ कदरपत्र सहित मिति २०७४ जेठ २५ गते ससम्मान कार्यक्रम आयोजना गरियो । उक्त कार्यक्रममा नर्सिङतर्फबाट इन्चार्ज श्री मनमाया थापा, कर्मचारीतर्फबाट श्री श्रीकान्त सुबेदी, प्रशासनतर्फबाट श्री ध्रुब प्रसाद श्रेष्ठले, उहाँहरूको अस्पतालप्रति गरेको कार्यको प्रशंसा गर्नुभयो । साथै आउँदा दिनहरूमा समेत सुस्वास्थ्य जीवन र राम्रो भविष्यको शुभकामना दिनुभयो । उक्त अवसरमा नर्सिङ्ग समूह र हेल्पर समूहका साथीहरूले समेत दोसल्ला ऒढाइ संझनाका चीनोहरू प्रदान गरि सम्मान व्यक्त गर्नुभयो । अस्पतालका कार्यकारी निर्देशक डा. बिनोद पराजुलीले समेत उहाँको सम्मानमा धेरै बहुमुल्य शब्दहरू खर्चिनु भयो । उहाँको सेवाले अस्पतालमा साँच्चै नै राम्रो र इमान्दारसाथ कार्य गर्ने कर्मचारी गुमाएको कुरा व्यक्त गर्नुभयो । भविष्यमा सुस्वास्थ्यको साथै उत्तरोत्तर प्रगतीको कामना गर्नुभयो । अस्पतालको तर्फबाट सहयोग स्वरूप दिइने उपदानको रकम उचित कार्यमा प्रयोग गरि उन्नत भविष्य निर्माणमा सदुपयोग गर्न अनुरोध गर्नुभयो । यसैगरि कार्यक्रम प्रस्तोता बरिष्ठ अधिकृत श्री अच्युत सापकोटाले सामुहिक तस्बिर खिच्न अनुरोध सहित कार्यक्रमको बिट मार्नुभयो ।


Latest News

Medical Report_SCWH_Shrawan-Poush 2074

  AMDA- Nepal Siddhartha Children and Women Hospital, Butwal - 7, Rupandehi Medical Report (Shrawan…

Infection Control and Prevention Training

२. पुसान युनिभर्सिटी, साउथ कोरिया, तानसेन नर्सिङ्ग कलेज र सिटिइभिटिको संयुक्त संयोजनमा मिति २०७४ जेठ…

कर्मचारी सम्मान कार्यक्रम

आम्दा सिद्धार्थ बाल तथा महिला अस्पतालमा नियमित कर्मचारीको रूपमा हेल्पर पदमा कार्यरत श्री जिताराम चौधरी…

साप्ताहिक सरसफाइ कार्यक्रम

साप्ताहित सरसफाइ कार्यक्रम अन्तर्गत मिति २०७४।०२।२७ गते अस्पतालका प्रशासन, नर्सिङ्ग इकाइ लगायत अन्य इकाइका कर्मचारीहरूको…

Notice

Reports/Publications