भवन उद्घाटन तथा सेवा शुभारम्भ कार्यक्रम सम्पन्न ।

Publish Date: 2017-10-23

झापाको दमक नगरपालीका स्थित आम्दा अस्पताल, दमकमा मिति २०७४ कार्तिक ५ गते देखि सघन उपचार सेवा (आइसियु) शुरू गरिएको छ । जापानी दुतावासको Grant Assistant for Grassroots Human Security Project (GGP) को आँशिक सहयोग रू त्रियानव्वे लाख छयालीस हजार आठ सय अन्नार्इस र  आम्दा अस्पताल, दमकको आन्तरीक स्रोतवाट व्यवस्थापन भएको लगभग रू. एक करोडको लागतमा निर्माण भएको सघन उपचार कक्ष भवन तथा सोमा जडान गरिएको उपकरण सहितको आइसियु भवन नेपालका लागि जापानी राजदुत महामहिम मासाशी ऒगावा र आम्दा नेपालका अध्यक्ष प्रा. डा. योगेन्द्र प्रसाद सिहले सयुक्त रूपमा विषेश कार्यक्रमका विच विधिवत रूपमा उद्घाटन गर्नुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुदै दमक नगरपालीकाका उपमेयर श्री गिता अधिकारीले अस्पतालमा यस प्रकारको सेवाको सञ्चालनले दमकवासीहरू अत्यन्त हर्षित भएको र नवजात शिषु उपचार केन्द्र (NICU) र  Dialysis  सेवा पनि अति आवश्यक भएकोले थप विस्तरका लागि पहल गर्न सम्पुर्ण राजनैतिक दल, स्थानिय जनप्रतिनिधिहरू र सरोकारवाल नियकाहरूलार्इ आग्रह गर्नुभयो ।

कार्यक्रममा आम्दा नेपालका अध्यक्ष प्रा.डा. योगेन्द्र प्रसाद सिह, समाज कल्याण परिषद्का उपाध्यक्ष श्री निलमणी वराल, जापानीज दुतावासका  राजदुत महामहिम मासाशी ऒगावाले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

आम्दा नेपालका अध्यक्ष प्रा. डा. योगेद्र प्रसाद सिहले आम्दा अस्पताल दमकमा सघन उपचार कक्ष स्थापनाका लागि जापनीज दुतावासले गरेको उल्लेखनिय सहयोग प्रति विषेश धन्यवाद व्यक्त गर्नुहुदै आगामी दिनहरूमा पनि सहयोगको लागि हार्दिक अनुरोध गर्नुभयो । 

कार्यक्रमका प्रमुख अतिथि तथा महामहिम राजदुत ऒगावाले यस सेवावाट पुर्वि नेपालको पाच जिल्लामा वसोवास गर्ने लगभग दुर्इ लाख जनताहरू लाभान्वित हुने र गम्भिर अवस्थाका विरामीहरूलार्इ उच्च गुणस्तरीय स्वास्थ्य सेवा प्रदानवाट जिवन सुरक्षित हुने विचार व्यक्त गर्नुभयो । अध्यक्ष श्री ऒलीले अस्पतालमा गम्भिर विरामी भएर आएका विरामीहरूको अव उपचार सहज हुने विश्वास गर्नुहुदै दमकको स्वास्थ्य क्षेत्रका लागि एउटा राम्रो कदम भएको वताउनुभयो । कार्यक्रम दमक नगरपालीकाका मेयर तथा आम्दा अस्पताल, स्थानिय व्यवस्थापन समितिका अध्यक्ष श्री रोमनाथ ऒलीज्यूको अध्यक्षतामा सञ्चालन भएको थियो भने कार्यक्रम सञ्चालन  श्री अन्जिता भण्डारी र प्रकाश गौतमले सयुक्त रूपमा गर्नु भएको थियो ।

धन्यवाद ।