एकद्वार संकट व्यवस्थापन केन्द्र छनौट

Publish Date: 2017-09-14

लैगिकहिंशा पिडित महिला तथा वालवालिकाहरूलार्इ एकिकृत रूपमा स्वास्थ्य सेवा, मनोसामाजिक विमर्श, चिकित्साजन्य प्रमाण संकलन र सरक्षण, अल्पकालिन श्रय , कानुनी उपचार, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुर्नस्थापना तथा जिविकोपार्जनमा सहयोग गर्ने उदेश्यले अस्पतालहरूमा एकद्वार संकट व्यवस्थापन केन्द्र स्थापनाको गर्न लागिएको स्वास्थ्य मन्त्रालय, लैगिक समानता तथा सामाजिक समावेशीकरण शाखाका Senior GESI Advisor श्री सिताराम प्रसार्इले मिति २०७४।०५।२९ गते म्दा अस्पताल, दमकमा सञ्चालन गरिएको अभिमुखिकरण कार्यक्रममा प्रस्तुत गर्नुभयो ।

लैगिक हिंसा पिडीत महिला तथा वालवालिकालार्इ आकस्मिक रूपमा तत्काल उपचार, चिकित्साजन्य प्रमाण संकलन र गोपनीयता कायम गर्नुपर्ने सेवा केन्द्र अस्पतालको पहिलो दायित्व रहने भनार्इ व्यक्त गर्नुभयो । नेपाल सरकार (सचिवस्तर) मिति २०७४।०५।०५ गतेको निर्यणानुसार आम्दा अस्पताल, दमकलार्इ लैंगिक हिंसा सम्वन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र (One-Stop Crisis Management Center) स्थापनाको लागि छनौट गरि परिपत्र समेत प्राप्त भएकोले सोका लागि नगरपालीका संग वश्यक समन्वय गरि केन्द्र स्थापनाका निमित्त कार्य गर्नुहुन श्री सिताराम प्रसार्इले वताउनु भयो । झापा जिल्लामा एकद्वार संकट व्यवस्थापन केन्द्र स्थापना गर्ने पहिलाे अस्पताल अाम्दा अस्पताल हुनेछ ।

उक्त कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यलयका प्रमुख, दमक नगरपालीकाका प्रतिनिधि, जिल्ला महिला तथा वालवालिका विकास अधिकृत, अस्पतालमा कार्यरत चिकित्सक, एकाइ प्रमुख लगाएत अन्य नर्सिड. कर्मचारीहरूको उपस्थित रहेको थियो ।   

 

धन्यवाद ।

 

 

 

 

 

 


Latest News

एकद्वार संकट व्यवस्थापन केन्द्र छनौट

लैगिकहिंशा पिडित महिला तथा वालवालिकाहरूलार्इ एकिकृत रूपमा स्वास्थ्य सेवा, मनोसामाजिक विमर्श, चिकित्साजन्य प्रमाण संकलन र…

आधारभुत मनोसामाजिक परामर्श तालीममा सहभागी

One-stop Crisis Management Center (OCMC) सेवा प्रदायकहरूको क्षमता अभिवृद्दि गर्ने उदेश्यले स्वास्थ्य सेवा विभाग, परिवार…

स्वागत सम्मान तथा विधार्इ कार्यक्रम सम्पन्न

१. अवकास प्राप्त कर्मचारीहरूको विधार्इ तथा सम्मान कार्यक्रम  आम्दा अस्पताल, दमकका मिति १ फेव्रुअरी १९९९…

१०८ वर्षिय कुमालको निशूल्क उपचार

झापा जिल्ला दमक नगरपालीका हाल वडा नं. ५ निवासी १०८ वर्षिय श्री कट्टे कुमाललार्इ आम्दा…

पूर्वाञ्चल भ्रमणका केही भलकहरू

पूर्वाञ्चल  भ्रमणका केही भलकहरू

अाम्दा र्इन्टरनेशनलका अध्यक्षकाे पूर्वाञ्चल भ्रमण

मिति विषय कार्यक्रम     २०७४।०३।२८     आम्दा अस्पताल, दमकमा सञ्चालित कार्यक्रमहरूको अवलोकन आम्दा…

Strategic Business Planning Workshop

Strategic Business Planing Workshop AMDA Nepal organised 3-days strategic Business Planning Workshop/Training for it higher level…