अाम्दा र्इन्टरनेशनलका अध्यक्षकाे पूर्वाञ्चल भ्रमण

Publish Date: 2017-07-17

मिति

विषय

कार्यक्रम

 

 

२०७४।०३।२८

 

 

आम्दा अस्पताल, दमकमा सञ्चालित कार्यक्रमहरूको अवलोकन

आम्दा इन्टरनेशनलका अध्यक्ष डा. सिगेरू सुगानामी र यहांका टिमलार्इ मिति २०७४।०३।२८ गते आम्दा अस्पताल, दमकमा स्वागत गरियो । उक्त अवसरमा डा. सुगानामीवाट दमकमा सिघ्र सञ्चालनमा आउने सघन उपचार कक्ष र अन्य सञ्चालित विभिन्न कार्यक्रमहरूको अवलोकन गर्नुभयो । अस्पतालको सेवा विस्तार र स्तरोन्नतीका लागि आवश्यक उपकरण खरिद र भैतिक पूर्वाधार विकासका निमित्त अगामी दिनहरूमा सहयोग गर्ने प्रतिवद्द्ता व्यक्त गर्नुभयो ।

 

 

 

 

२०७४।०३।२९

 

 

 

 

अनुदान हस्तान्तरण कार्यक्रम

आम्दा मेची अस्पताल, धुलावारीले मिति २०७४।०३।२९ गते आयोजना गरिएको अनुदान हस्तान्तरण कार्यक्रममा आम्दा इन्टरनेशनलका अध्यक्ष डा. सुगानामी र मेची नगर नगरपालीकाका नव निर्वाचित मेयर श्री विमल आचार्य विच दश लाख रकम सहयोगको आदन प्रदान गरियो । अनुदानमा प्राप्त भएको उक्त रकम अस्पतालको भैतिक पूर्वाधार विकास र प्रयोगशालालार्इ आवश्यक उपकरणहरू खरिद गरिने जानकारी अस्पताल सञ्चालक समितिका अध्यक्ष श्री पशुपती खतिवडाले व्यक्त गर्नुभयो ।  आम्दा मेची अस्पतालको विकासका लागि मेची नगर नगरपालीकाले यथेष्ठ सहयोग गर्ने र नमूना अस्पतालको रूपमा विकास गर्न नव निर्वाचित जनप्रतिनिधिहरू तयार भएकोले सरोकारवाला निकायलार्इ सहयोगका लागि मेयर श्री विमल आचार्यले आग्रह गर्नुभयो ।

 

 

 

 

 

२०७४।०३।३०

 

 

 

 

 

नव निर्वाचित मेयर, उपमेयर र वडाध्यक्षलार्इ वधार्इ ज्ञापन

दमक नगरपालीकाका नव निर्वाचित मेयर, उपमेयर र दमक नगरपालीका वडा नं. २ का वडाध्यक्षलार्इ अम्दा इन्टरनेशनलका अध्यक्ष श्री डा. सिगेरू सुगानामी र अमदा अस्पताल, दमकको तर्फवाट मिति २०७४।०३।३० गते दमक नगरपालीकाको कार्यलयमा उपस्थित भर्इ वधार्इ ज्ञापन गरियो । उक्त वधार्इ ज्ञापन कार्यक्रममा मेयर श्री रोमनाथ वलीले म्दा अस्पताल, दमक र दमक नगरपालीका विचको सहकार्यमा विभिन्न कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन भर्इरहेको र अगमी दिनमा पनि अस्पताललार्इ वश्यक सहयोग गर्न नगरपालीका सदैव सकारात्मक रहेको विचार व्यक्त गर्नुभयो ।


Latest News

१०८ वर्षिय कुमालको निशूल्क उपचार

झापा जिल्ला दमक नगरपालीका हाल वडा नं. ५ निवासी १०८ वर्षिय श्री कट्टे कुमाललार्इ आम्दा…

पूर्वाञ्चल भ्रमणका केही भलकहरू

पूर्वाञ्चल  भ्रमणका केही भलकहरू

अाम्दा र्इन्टरनेशनलका अध्यक्षकाे पूर्वाञ्चल भ्रमण

मिति विषय कार्यक्रम     २०७४।०३।२८     आम्दा अस्पताल, दमकमा सञ्चालित कार्यक्रमहरूको अवलोकन आम्दा…

२२सौ समुहको Mid-Level Practicum (MLP) तालीम उद्द्घाटन

पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशानलय, पोखराको आर्थिक र आम्दा अस्पताल, दमकको प्राविधिक सहयोगमा ६६ दिनको २२सौ…

अान्तरिक व्यवस्थापन समितिको बैठक

आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल, बुटवलका कार्यकारी निर्देशक, श्री डा. बिनोद कुमार परिाजुलीज्यूको…

Strategic Business Planning Workshop

Strategic Business Planing Workshop AMDA Nepal organised 3-days strategic Business Planning Workshop/Training for it higher level…

Rural Ultrasound तालीम उद्दघाटन

राष्ट्रिय स्वास्थ्य तालीम केन्द्र, टेकुको आर्थिक र आम्दा अस्पताल, दमकको प्राविधिक सहयोगमा २१ दिनको पांचौ समुहको…

Mid-Level Practicum (MLP) तालीम सम्पन्न

आम्दा अस्पताल, दमकमा मिति २०७३।१२।२१ गते देखि सञ्चालन भएको २१सौ व्याजको ७७ दिनकाे मिड लेवल…

बिस्तारित ल्याब सेवा सुचारू

आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल अन्तर्गत Indoor Service अन्तर्गत सेवा लिने सेवाग्राहीहरूलार्इ छिटो…

१ दिने निशूल्क स्वास्थ्य शिविर सञ्चालन

जिल्ला जनस्वास्थ कार्यालय भद्रपुर, स्वास्थ्य चौकी तोपगाछी र सशक्तिकरण महिला उपभोक्ता समिति, तोपगाछीको सयुक्त आयोजना…