Rural Ultrasound तालीम उद्दघाटन

Publish Date: 2017-06-19

राष्ट्रिय स्वास्थ्य तालीम केन्द्र, टेकुको आर्थिक र आम्दा अस्पताल, दमकको प्राविधिक सहयोगमा २१ दिनको पांचौ समुहको ग्रामिण भिडियो एक्सरे तालीम आम्दा अस्पताल, दमकमा मिति २०७४।०३।०५ गते देखि अौपचारिक रूपमा शुरूवात गरियो । ग्रामिण समुदायका गर्भवती महिलाहरूमा आमा र वच्चाको अवस्था पहिचान गर्ने र कुनै जटिलता भएमा साेकाे अवस्था पत्ता लगार्इ तुरून्तै प्रेषण गर्ने उदेश्यले स्वास्थ्यकर्मीहरूलार्इ यस प्रकारको तालीम प्रदान गरिएको हो । उक्त तालीममा बाजुरा, सोलुखुम्वु र धनकुटा जिल्लावाट ४ जना नर्सिड. कर्मचारी र आम्दा अस्पताल वाट मेट्रोन श्री टिकादेवी सुवेदी सहभागी भएका छन । डा. पुरूषोतम माझी, डा. दिव्य तुलाचन र डा. राजिव रिजाल मुख्य प्रशिक्षक/सहजकर्ताको रूपमा तालीममा सलग्न हुनेछ।