१ दिने निशूल्क स्वास्थ्य शिविर सञ्चालन

Publish Date: 2017-06-13

जिल्ला जनस्वास्थ कार्यालय भद्रपुर, स्वास्थ्य चौकी तोपगाछी र सशक्तिकरण महिला उपभोक्ता समिति, तोपगाछीको सयुक्त आयोजना र आम्दा अस्पताल, दमकको प्राविधिक सहयोगमा मिति २०७४।०२।३० गते कमल गांउपालीका वडा नं. १ सरड.पाडामा महिलाहरूको पाठेघर सम्वन्धि रोगहरूको परिक्षण एंव उपचार सम्वन्धि १ दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरियो । उक्त शिविरमा आम्दा अस्पतालवाट महिला तथा प्रसुती रोग विषेशज्ञ डा. विमला वुढाथोकी र एम.डि.जि.पि. चिकित्सकको सहभागिता रहेको थियो । उक्त शिविरवाट जम्मा १६२ जना पाठेघर सम्वन्धि रोगका महिलाहरू लाभान्वित भएका थिए ।