१९७ औं अर्न्तराष्ट्रिय नर्सिङ्ग दिवश विभिन्न कार्यक्रमकासाथ सम्पन्न

Publish Date: 2017-05-14

आम्दा अस्पताल तथा आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकको संयुक्त आयोजनामा १९७ औं अर्न्तराष्ट्रिय नर्सिङ्ग दिवश "दिगो विकास लक्ष्य प्राप्तिमा नर्सको भूमिका" (2017 - Nurses: A VOICE TO LEAD - ACHIEVING THE SUSTANABLE DEVELOPMENT GOALS) नाराका साथ मिति २०७४।०१।२९ गते सम्पन्न गरियो । दिगो विकास लक्ष्य प्राप्तिमा नर्सको भुमिका भन्ने नाराका साथ दमक नगर परिक्रमा गरियो । उक्त कार्यक्रममा आम्दा नेपालका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि श्री डा. योगेन्द्र प्रसाद सिहले अस्पतालमा उपचारार्थ भर्ना भएका ८६ जना विरामीहरूलार्इ फलफुल समेत वितरण गर्नुभयो । साथै प्रमुख अतिथि डा. सिहले आम्दा नेपाल मातहतमा संचालित विभिन्न कार्यक्रमहरूका वारेमा समेत जानकारी गराउदै नर्सहरूले उच्च मातृ मृत्युदर तथा वाल मृत्युदर घटाउनमा  हरेक तह र तप्कामा उल्लेखनिय सहयोग गरेको वताउनु भयो । व्यक्ति र  समुदायको स्वास्थ्यमा सुधार गर्नु यसका लागि नर्सले प्रतिकारात्मक, प्रबधनात्मक सेवा प्रदान गर्नुका साथै शारिरिक रूपमा असक्त मानसिक समस्या भएका विभिन्न किसिमका अवस्थामा र स्थानामा नर्सहरूले सेवा पुर्रयाउदै एको व्यहोरा अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट डा. नविन ढकालले वताउनु भयो ।

दिगो विकास लक्ष्य प्राप्तिमा सवै नर्सहरूमा एउटै अवाज हुनुपर्छ र त्यो अवाज परिवर्तनका लागि हुनुपर्छ । साथै प्राविधिक र दक्ष्य सेवा सुरक्षित र प्रभावकारी ढंगले सवै तहमा पुरयाउनु पर्छ भन्ने धारण कार्यक्रमका सभापती तथा अस्पतालका मेट्रोन श्री टिका सुवेदीले व्यक्त गर्नुभयो ।

 


Latest News

अस्पताल सञ्चालन स्वीकृति नवीकरण

स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तराेन्नति मापदण्ड सम्वन्धी निर्देशिका (दाेस्राे संशाेधन) २०७३ बमाेजिम अावश्यक मापदण्ड…

मातृमृत्यु तथा पेरिनेटल मृत्यु सम्वन्धी दोस्रो समीक्षा वैठक

१.   मातृमृत्यु तथा पेरिनेटल मृत्यु सम्वन्धी दोस्रो समीक्षा वैठक मिति २०७४।०२।०९ गते सञ्चालन गरियो ।…

१ दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन

आम्दा अस्पताल, दमक र नेपाल रेडक्रस सोसार्इटी लखनपुर उपशाखाको सयुक्त आयोजनामा मिति २०७४।०२।०८ गते कमल…

सर्पदंश उपचार सम्वन्धी अन्तरकृया कार्यक्रम सञ्चालन

आम्दा अस्पताल, दमक र नेपाल रेडक्रस सोसार्इटी हल्दीवारी उपशाखा, झापाको सयुक्त आयोजनामा मिति २०७४।१।२९ गते…

२ दिने पूर्वाञ्चल निरिक्षण भ्रमण/ वैठक सम्पन्न

आम्दा नेपालका अध्यक्ष श्री डा. योगेन्द्र प्रसाद सिह तथा मुख्य प्रशासक श्री सुदेश रेग्मीवाट मिति…

१९७ औं अर्न्तराष्ट्रिय नर्सिङ्ग दिवश विभिन्न कार्यक्रमकासाथ सम्पन्न

आम्दा अस्पताल तथा आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकको संयुक्त आयोजनामा १९७ औं अर्न्तराष्ट्रिय नर्सिङ्ग दिवश…

१९७ औं अर्न्तराष्ट्रिय नर्सिङ्ग दिवश

२०७४ बैशाख २९ आम्दा दमक आम्दा अस्पताल तथा आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकको संयुक्त आयोजनामा…

आन्तरिक व्यवस्थापन कार्यशाला गोष्ठि सम्पन्न ।

आम्दा नेपालले आ.व. २०७४।०७५ को वार्षिक वजेट, निति तथा कार्यक्रमहरू सम्वन्धि २ दिने कार्यशाला गोष्ठि…

२१ साै व्यांजकाे मिड लेवल प्राक्टिकम (Mid Level Practicum) तालीम सञ्चालन

राष्ट्रिय स्वास्थ्य तालीम केन्द्र, टेकु र निक साइमन्स र्इन्ष्टिच्यूटको सम्युक्त अायोजनामा २१साै व्याजको ६६ दिने…

३८साै व्याजको एस.वि.ए. (दक्ष प्रसुती कर्मी) तालीम सञ्चालन

आम्दा अस्पताल, दमकमा ३८साै व्याजको २ महिने दक्ष प्रसुती कर्मी (एस.वि.ए.) तालीम मिति २०७३।१२।२१  (३…