अस्पताल स्तरीय मातृमृत्यु तथा पेरिनेटल मृत्यु समीक्षा समितिको वैठक सम्पन्न

Publish Date: 2017-03-17

परिवार स्वास्थ्य महाशाखा "आमा सुरक्षा कार्यक्रम" का प्रमुख श्री डा. पुन्य पाैडेलकाे अध्यक्षतामा अस्पताल स्तरीय मातृमृत्यु तथा पेरिनेटल मृत्यु सम्वन्धी समीक्षा समितिको वैठक मिति २०७३।११।२६ गते सम्पन्न भयो । उक्त समिक्षा वैठकमा अस्पतालमा भएका मातृ तथा पेरिनेटल मृत्युको समिक्षा र यस अघि प्रदान गरिएका सुझावहरूको कार्यान्वय तथा अगामी दिनहरूमा अस्पतालले पेश गर्ने प्रतिवेदनका सम्वन्धमा छलफल गरियो । उक्त समिक्षा वैठकमा जिल्ला जनस्वास्थ्य कार्यालय, झापाका पव्लिक हेल्थ नर्सको पनि सहभागीता रहेको थियो ।